काठमाडौं । पोखराको श्री कोट देउराली बहुउद्देश्यीय सहकारी संस्थाले रसुवा बाढी पीडितहरुको सहयोगका लागि ५५ हजार ५५५ रुपैयाँ उद्धार कोषमा सहयोग उपलब्ध गराएको छ । संस्थाले संकटपूर्ण घडीमा मल्हम लगाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५५५ रुपैयाँ योगदान गरेको जनाएको छ ।
संस्थाले विज्ञप्ति जारी गरी विपत्तिको यस घडीमा संस्थागत सामाजिक उत्तरदायित्व बोध गर्दै आर्थिक सहयोग उपलब्ध गराएको संस्थाका ब्यवस्थापक सुरेन्द्र सापकोटा भाटले जनाएका छन् ।
समुदायलाई परेको बेला सहकारीको भूमिकालाई जीवन्त बनाउँदै सहकारीले सहयोगी भाव प्रदर्शन गरेको हो । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको अकल्पनीय मानवीय एवं भौतिक क्षतिबाट संस्था परिवार अन्यन्त स्तब्ध बनेको भन्दै यो समय सहयोगको हात अघि बढाएको विज्ञप्तिमा उल्लेख छ ।
Leave a comment