काठमाडौं । बागमती प्रदेशको नियमन क्षेत्रका १६ वटा स्वास्थ्य सहकारी निष्क्रिय सहकारीको सूचिमा परेका छन् । सरकारले उक्त १६ वटा स्वास्थ्य सहकारीलाई निष्क्रिय सहकारी घोषणा गर्ने भएको हो । बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले सूचना जारी गरी नियमन क्षेत्रभित्रका स्वास्थ्य सहकारी संस्थाहरूले वार्षिक साधारण सभाको विवरण नबुझाएको जनाएको छ।
साथै कार्यालयले ती सहकारीहरु कोपोमिस प्रणालीमा समेत अद्यावधिक नगरी लामो समयदेखि निष्क्रिय रहेको जनाएको छ । कार्यालयले पन्ध्र दिनभित्र कागजात सहित सम्पर्क नगरे निष्क्रिय सहकारी संस्थाको रूपमा घोषणा गरी खारेजी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।
नामावलीः
१, गिरिजा प्रसाद कोईराला मेमोरियल स्वास्थ्य सेवा सहकारी संस्था, काठमाडौँ
२, जिफण्ट स्वास्थ्य सहकारी संस्था, काठमाडौं
३, थाहा स्वास्थ्य सहकारी संस्था, मकवानपुर
४, दोलखा स्वास्थ्य व्यावसायिक सहकारी संस्था, दोलखा
५, मैत्रीबाल सामुदायिक स्वास्थ्य सहकारी संस्था, काठमाडौं
६, मितेरी स्वास्थ्य सहकारी संस्था, दोलखा
७, मिलिजुली स्वास्थ्य सहकारी, सिन्धुली
८, युनिटी स्वास्थ्य सहकारी संस्था, धादिङ
९, राष्ट्रीय सामुदायिक स्वास्थ्य सेवा सहकारी, काठमाडौं
१०, श्री जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी, काठमाडौं
११, श्री राजमार्ग सामूदायिक स्वास्थ्य सहकारी संस्था, धादिङ
१२, स्वास्थ्यकर्मी बचत तथा ऋण सहकारी संस्था, काठमाण्डौ
१३, सहयात्री स्वास्थ्य सेवा सहकारी, काठमाडौं
१४, सामुदायिक अस्पताल स्वास्थ्य सहकारी संस्था, काठमाडौं
१५, सामुदायिक स्वास्थ्य सहकारी सस्था, मकवानपुर
१६, हाम्रो स्वास्थ्य सेवा सहकारी संस्था, काठमाण्डौ
Leave a comment