हाइलाइट

उदयदेव बहुउद्देश्यीय सहकारीद्धारा कोषमा २ लाख ११ हजार रुपैयाँ सहयोग

उदयदेव बहुउद्देश्यीय सहकारीद्धारा कोषमा २ लाख ११ हजार रुपैयाँ सहयोग :: Sahakari Akhabar

काठमाडौं । महेन्द्रनगर कञ्चनपुरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारीद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाले बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुको राहत तथा पुनस्र्थापनाका लागि २ लाख ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।

भदौ १० गते बुधवारका दिन बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खालगायतका जिल्लाहरुमा भएको ठुलो धनजनको क्षतिप्रति संस्थाले गहिरो दुःख ब्यक्त गर्दै आर्थिक सहयोग गरेको छ । विपद् कसैको एक्लो समस्या होइन, यो हामी सबैको साझा जिम्मेवारी हो ।

यस कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्काल आवश्यकता र कठिनाइलाई मध्यनजर गर्दै यस संस्थाको तर्फबाट सहयोग उपलब्ध गराउने साथै संस्था सधै समुदायको सुख दुःखमा साथमा रहेको र आगामी दिनहरुमा पनि आवश्यक सहयोग एवं सहकार्य जारिराख्ने प्रतिबद्धता रहेको संस्थाका अध्यक्ष नारा जोशी तथा प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।
 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000