काठमाडौं । दक्षिणकालि नगरपालिका दाउरेचौर काठमाडौंमा रहेको टल्कु बचत तथा ऋण सहकारी संस्थाका दुईजना सदस्य रसुवाको बाढीमा सम्पर्कविहिन भएका छन् । संस्थाका सदस्य भदौ १० गते गोसाईंकुण्ड तीर्थयात्रामा जाने क्रममा भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण वेत्रावती त्रिशूली क्षेत्रबाट १६३१ का मैयाँ भण्डारी र शेयर सदस्य १८३० का संजय थापा सम्पर्कविहिन भएका हुन् ।
साथै उनीहरूसँगै एउटै सवारीसाधनमा तीर्थयात्रामा गएका अन्य ८ जना पनि सम्पर्कविहीन तथा अवस्था अज्ञात रहेको जनाएको छ । यस दुःखद घडीमा सम्पर्कविहीन रहनुभएका सम्पूर्ण व्यक्तिहरू सकुशल भेटियोस्, खोज तथा उद्धार कार्य शीघ्र सफल होस् भन्ने कामना गरेको छ ।
विपदबाट प्रभावित परिवारहरूको राहत, खोज तथा उद्धार एवं पुनस्र्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५९ हजार ४२१ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको संस्थाका अध्यक्ष पूर्णबहादुर बलामीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
Leave a comment