हाइलाइट

तीर्थ साकोसको स्थापना दिवसमा उद्धारकोषमा १ लाख १,१११ रुपैंयाँ सहयोग

तीर्थ साकोसको स्थापना दिवसमा उद्धारकोषमा १ लाख १,१११ रुपैंयाँ सहयोग :: Sahakari Akhabar

काठमाडौं । चाबहिल काठमाडौंमा रहेको तीर्थ बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेको छ । संस्थाले  १६ औं स्थापना दिवसको अवसरमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख १ हजार १११ रुपैंयाँ सहयोग गरेको हो ।

संस्थाले १६ औं स्थापना दिवसको अवसरमा, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै, तीर्थ साकोसका सदस्यहरू, कर्मचारीहरू, उपसमितिहरू, लेखा समिति, सञ्चालक समिति तथा संस्थाको संयुक्त योगदानबाट १,लाख १ हजार १११ उद्धार कोषमा सहयोग गर्ने निर्णय गरिएको जनाएको छ ।

प्राकृतिक विपद् तथा कठिन परिस्थितिबाट प्रभावित नागरिकहरूप्रति हाम्रो ऐक्यबद्वता, सहानुभूति र सहयोगको यो सानो प्रयासले राहत तथा पुनःस्थापनामा केही योगदान पुग्ने विश्वास संस्थाले लिएको छ । साथै संस्था १७ वर्षसम्म आइपुग्न सहयोग गरेका सम्पूर्ण सदस्य, शुभेच्छुक, पूर्व तथा वर्तमान सञ्चालक, लेखा सुपरिवेक्षण समिति, उप समिति तथा कर्मचारी परिवारमा शुभकामना व्यक्त गरेको छ ।

संस्थाले सहकारीको वर्तमान चुनौतीपूर्ण परिस्थितिलाई आत्मसात गर्दै, अझ बढी जिम्मेवार, पारदर्शी, अनुशासित र परिणाममुखी भएर संस्थाको सुधार, सुदृढीकरण र सदस्यहरूको हित संरक्षणका लागि दृढ प्रतिवद्वताका साथ अघि बढ्ने संकल्प गरेको छ ।

आउनुहोसः “सहकार्य, विश्वास र प्रतिवद्वताका साथ सशक्त तीर्थ साकोस निर्माण गरौं” भन्ने साझा संकल्पका साथ आगामी दिनमा अझ जिम्मेवार, पारदर्शी र सदस्यकेन्द्रित संस्था निर्माण गर्न एकजुट भएर अघि बढौं भन्ने संस्थाको आह्वान छ ।



Leave a comment