हाइलाइट

एकीकृत फ्रेण्डसिप साकोसमा सिइओ पदकालागि आवेदन माग

एकीकृत फ्रेण्डसिप साकोसमा सिइओ पदकालागि आवेदन माग :: Sahakari Akhabar

काठमाडौं । दोलखाको जिरीमा रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदकालागि आवेदन माग गरेको छ । संस्थाले सूचना प्रकाशन गरी खुल्ला प्रतिष्पर्धाबाट सिइओ पदमा आवेदन माग गरेको हो ।

सूचनामा भनिएको छ, ‘एशियालि ऋण महासंघ (अक्कु) र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) द्धारा संचालित एक्सेस कार्यक्रममा सहभागि समुदायमा आधारित र सदस्य केन्द्रित सहकारी संस्था हो । यस संस्थाको विभिन्न कार्यालयहरुमा खुल्ला प्रतिष्पर्धाबाट दक्ष एवं कुशल कर्मचारी नियुक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आब्हान गरिन्छ ।’

वाणिज्य वा अर्थशास्त्र विषय लिई स्नातकोत्तर उत्तीर्ण गरी सहकारी संघ संस्थामा कम्तीमा ५ वर्ष काम गरको अनुभव भएको र प्रस्तावना लेखन, व्यवसायिक तथा संचालन योजना निर्माण, संस्थागत नीति निर्माण र संस्थागत गतिविधीहरुको व्यवस्थित प्रस्तुतीकरण गर्न सक्ने क्षमता हुनु पर्ने जनाएको छ ।

त्यसैगरी १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकले पुस १२ गते सम्म आवेदन दिनसकिने जनाएको छ । आवेदन संस्थाको सम्बन्धित कार्यालय वा संस्थाको vacancy.ekikritfriendship@gmail.com मा इमेल मार्फत गर्न सकिने र इमेल पठाउदा आवेदक स्वयंको इमेलबाट प्राप्त आवेदनलाई मात्र मान्यता दिइने संस्थाले सूचनामा उल्लेख गरेको छ ।

अन्तवार्ता, प्रयोगात्मक तथा प्रस्तुतीकरणबाट छनोट हुने र शैक्षिक योग्यताको प्रमाणपत्रहरु, नेपाली नागरिकताको प्रमाणपत्र, तालिम वा अनुभवको प्रमाणपत्र निवेदनमा साथ पेस गर्नुपर्ने संस्थाले जनाएको छ ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000