हाइलाइट

अन्धकारमुक्ति साकोसको इकाईगत साधारण सभा सम्पन्न

अन्धकारमुक्ति साकोसको इकाईगत साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । पाल्पाको रामपुरमा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी सस्थाको २८ औँ बार्षिक साधारण सभाको इकाईगत सभा सम्पन्न भएको छ । संस्थाले इकाईगत साधारण सभा अन्तर्गत सेवाकेन्द्र र केन्द्रिय कार्यालयमा आवद्ध सदस्यहरुका लागि रामपुर नगरपालिका ७ डुम्रिगाँउमा  २८ औँ साधारण सभा सम्पन्न गरेको हो । इकाईगत साधारण सभा सम्पन्न गरी मंसिर ९ गते निणर्य प्रमाणित सहितको साधारण सभा हुने संस्थाले जनाएको छ ।

आधारभूत प्राविधिक माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न २८औं बार्षिक साधारण सभाको उद्धघाटन प्रमुख अतिथि पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सन्दिप राना तथा संस्थाका  अध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले सयुक्त रूपमा गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले पछिल्ला केही बर्ष यता सहकारी संस्था बदनाम भइरहेको बेला रामपुर नगरी भित्र रहेका सहकारीले स्वस्छ र पारदर्शिता तवरले सँस्था सञ्चालन भइरहेको भन्दै सम्मान व्यक्त गरे । उनले अन्धकारमुक्ति साकोस लुम्बिनी प्रदेशमा उत्कृष्ट सहकारी बन्न सफल भएकोमा बधाई दिएका छन् । सहकारी क्षेत्रको विकास सकारात्मक तरिकाले गर्न सके राष्ट्रको आर्थिक विकास हुने पनि उनको भनाई छ ।

यस्तैगरी कार्यक्रमलाई सम्बोधन गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले सरकारको अर्थनीतिको तिन वटा खम्बा मध्ये सहकारी क्षेत्र पनि एउटा खम्बा रहेको उल्लेख गर्दै  मुलुकलाई चलायमान र समृद्ध बनाउनका लागि वित्तिय संस्थाहरु निकै नै चलायमान हुनु पर्ने बताए । २०५५ सालमा स्थापना भई पाल्पा जिल्लाभर कार्यक्षेत्र बनाई वित्तीय सेवा प्रदान गरीरहेको संस्थामा २०८३ साल असार मसान्त सम्म आईपुग्दा ११ हजार ८४७ जना शेयर सदस्यहरु रहेका छन् ।

सस्थाले कुल बचत एक अर्ब २६ करोड, कुल ऋण लगानी १ अर्ब ८ करोड, कुल शेयर पूँजी १६ करोड सहित कुल वासलात एक अर्ब ६५ करोड ४१ लाख हज परिचालन गरी  खुद नाफा २ करोड ७९ लाख कमाउन सफल भएको छ । संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका सदस्य राम प्रसाद ढकालले प्रस्तुत गरेका थिए ।

साधारण सभाको अवसरमा संस्थाले विभिन्न विधाहरुमा उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत र १६२ जना शेयर सदस्यहरुलाई मासिक पेन्सन भत्ता उपलव्ध गराउदै आईरहेकोमा आर्थिक वर्ष २०८२ / ०८३ मा ७० वर्ष पुरा भई मासिक पेन्सन भत्ताका लागि निवेदन प्राप्त ३० जना शेयर सदस्यहरुलाई प्रतिनिधि सभा सदस्य  रानाद्धारा दोसल्ला ओढार सम्मान तथा पेन्सन भत्ता वितरण गरिएको थियो ।

त्यस्तैगरी सहकारीले निवर्तमान अन्धकारमुक्ति साकोसका पदाधिकारीहरुलाई प्रमाण पत्र सहित सम्मान गरेको थियो । कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि लगायत, सेयर सदस्य, पत्रकार सहित विभिन्न संघसंस्थाका  पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मधुसुधन आचार्यले गरेका थिए ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000