हाइलाइट

स्थिरीकरण कोषको पाँचौ वार्षिक परामर्श बैठक पुष ४ गते

स्थिरीकरण कोषको पाँचौ वार्षिक परामर्श बैठक पुष ४ गते :: Sahakari Akhabar

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोषको पाँचौ वार्षिक परामर्श बैठक पुष ४ गते बस्ने भएको छ । कोषले सूचना जारी गरी आगामी पुष ४ गते शनिबार काठमाडौंको अल्फा बिटा हाउस, बुद्धनगर बैठक बस्ने जनाएको छ।

कोषले बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष सञ्चालन समितिको असोज २७ गते, ३० औं बैठकको निर्णयानुसार स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ को दफा ४४ बमोजिम सम्पन्न गर्नुपर्ने कोषको वार्षिक परामर्श बैठकमा योगदान गर्ने संस्थाबाट एक जना प्रतिनिधि उपस्थित गराईदिनुहुन अनुरोध गरेको छ।

बैठकमा आर्थिक वर्ष २०८२ / ८३ को वार्षिक प्रगती प्रतिवेदन, आर्थिक वर्ष २०८२ / २०८३ को बाह्य लेखापरीक्षण प्रतिवेदन, २०८३ / ०८४ को वार्षिक नीति, कार्यक्रम र बजेट तथा सहभागिता प्रमाणपत्र विषयमा छलफल हुने जनाएको छ।
 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000