हाइलाइट

उदयदेव सहकारी बन्यो ३३ हजार करदातामध्ये धेरै राजस्व तिर्ने संस्था

उदयदेव सहकारी बन्यो ३३ हजार करदातामध्ये धेरै राजस्व तिर्ने संस्था :: Sahakari Akhabar

काठमाडौं । महेन्द्रनगर कञ्चनपुरमा मुख्य कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले धेरै राजस्व तिर्ने संस्थाका रुपमा सम्मान पाएको छ । संस्था आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट आव २०८१ / ०८२ मा सबैभन्दा बढी कर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको हो ।

महेन्द्रनगर कञ्चनपुरका ३३ हजार करदातामध्ये उदयदेव बहुउद्देश्यीय सहकारी धेरै राजस्व तिर्ने संस्थाका रुपमा सम्मानित भएको छ । संस्था यस अघिपनि सम्मानि भएको र यो लगातार दोस्रो पटक सम्मानित भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले जानकारी दिए । उनले यससँगै संस्था हालसम्म चौथो पटक सम्मानित हुन सफल भएको बताए।

उनले भने, ‘यो सम्मान र उपलब्धि कुनै एक व्यक्ति वा संस्थाको मात्र होइन, हाम्रा सम्पूर्ण २७ हजारभन्दा बढी शेयर सदस्यहरूको साझा गौरव र उपलब्धि हो । यसको सम्पूर्ण श्रेय हाम्रा आदरणीय सदस्यहरू, सञ्चालक समिति, कर्मचारी तथा शुभेच्छुकहरूमा जान्छ ।’

सहकारी अभियानप्रति विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला सबै सहकारी गलत छैनन्, राम्रा, जिम्मेवार, पारदर्शी र राज्यप्रति उत्तरदायी सहकारीहरू पनि छन् भन्ने कुराको एउटा बलियो प्रमाण भएको उनको भनाइ छ।

उदयदेव सहकारी आफ्ना सदस्यलाई प्रदान गर्नुपर्ने सेवा, सुविधा र प्रतिबद्धतामा कुनै कमी हुन नदिई राज्यप्रति निर्वाह गर्नुपर्ने करलगायतका दायित्व पूरा गर्ने सवालमा पनि सधैँ अग्रपङ्क्तिमा रहँदै आएको उनले बताए। आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा संस्थालाई सम्मान गरेको हो ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000