हाइलाइट

बागमती प्रोस्कूनमा आवद्ध सहकारी संघसंस्थाबाट साढे ६३ लाख राहत कोषमा सहयोग

बागमती प्रोस्कूनमा आवद्ध सहकारी संघसंस्थाबाट साढे ६३ लाख राहत कोषमा सहयोग :: Sahakari Akhabar

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापना कार्यमा सहयोग गर्न बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) मा आवद्ध सहकारी संघसंस्थाबाट मात्र साढे ६३ लाख सहयोग भएको छ ।

संघले प्रकाशन गरेको तथ्याङ्क अनुसार संघमा आवद्ध सहकारी संघ संस्थाबाट प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ६३ लाख ४२ हजार ६९७ रुपैया सहयोग भएको जनाएको छ । भदौ १० गतेको बाढीका कारण रसुवा क्षेत्रमा ठूलो धनजनको क्षति हुनुका साथै स्थानीय नागरिकको जनजीवन प्रभावित भएकोले बागमती प्रदेशका सहकारी संघ संस्थाले प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा सहयोग गरेका छन् ।

सहकारी संघ संस्थाका सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, उपसमितिहरु, सल्लाहकार, कर्मचारी र शेयर सदस्यहरुको तर्फबाट रकम संकलन गरी संस्थाहरुले राष्ट्रिय संकट समाधानमा हातेमालो गरेका हुन् ।

सहयाेगी संङसंस्थाहरूः




View PDF File in New Tab

Leave a comment