तीन सहकारीका २२० जनाको बचत फिर्ता

तीन सहकारीका २२० जनाको बचत फिर्ता :: Sahakari Akhabar

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीनवटा सहकारीका २२० जनाको बचत फिर्ता गरेको छ । समितिले तीनवटा समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो ।

समितिका अनुसार शिव शिखर सहकारीका १६५ जना कान्तिपुर सहकारीका ५२ जना र गोरखा सहकारीका ३ जना गरेर २२० जनाले बचत फिर्ता पाएको जनाएको हो । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000