हाइलाइट

सहकारीले पनि साउन १५ गतेसम्मको ब्याज आम्दानीलाई यसैवर्षको आम्दानीमा गणना गर्न पाउने 

सहकारीले पनि साउन १५ गतेसम्मको ब्याज आम्दानीलाई यसैवर्षको आम्दानीमा गणना गर्न पाउने  :: Sahakari Akhabar

काठमाण्डौ । सहकारी संस्थाहरुले आगामी साउन १५ गते सम्मको ब्याज आम्दानीलाई आर्थिक वर्ष २०८२र०८३ को आम्दानीमा गणना गर्न पाउने भएका छन् ।

राष्ट्रिय सहकारी निमयन प्राधिकरणका कार्यकारी निर्देशक रामकुमार महतोले ब्याज अघिल्लो आर्थिक वर्षकै आम्दानीमा गणनाका लागि साउन १५ गतेसम्मको म्याद दिइने जानकारी दिए ।

प्राधिकरणले  असार मसान्तभित्र उठ्न नसकेको तर पाकेको ब्याज यदि साउन १५ गतेभित्र प्राप्त भयो भने, त्यसलाई अघिल्लो आर्थिक वर्षकै नाफा वा आयमा गणना गर्न पाउने व्यवस्था गर्न लागेको हो ।

उता नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई साउन १५ सम्म उठेको ब्याजलाई चालु वर्षकै नाफामा गणना गर्न पाउने व्यवस्था गरिसकेको छ । केन्द्रीय बैंकले सो अवधिको ब्याज आम्दानीलाई सञ्चित नाफाबाट घटाउन नपर्ने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले दिएको समयावधि साउन १५ सम्म उठेको ब्याजलाई पनि चालु आर्थिक वर्षकै आम्दानी मानेर नाफामा समेत सार्न मिल्ने व्यवस्था गरेको हो ।



Leave a comment