काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले आजबाट बचतकर्ताको एकलाख सम्मको बचत रकम फिर्ता गर्ने भएको छ । समितिले सूचना जारी गरी बागमती प्रदेश अन्तर्गत रहेका ५ वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने जनाएको छ ।
हालसम्म समस्याग्रस्त घोसित नेशनल बचत तथा ऋण सहकारी संस्था, सोल्टिमोड, दर्शन बचत तथा ऋण सहकारी संस्था, कीर्तिपुर, सुमेरु बचत तथा ऋण सहकारी संस्था, पुल्चोक, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, सामाखुसी र लालीगुुँरास बचत तथा ऋण सहकारी संस्था, खुसीबुका साना बचतकर्ताको अधिकतम् १ लाख सम्मको बचत रकम फिर्ताको शुभारम्भ गर्ने भएको जनाएको छ । बचत फिर्ता कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियले अपरान्त्ह १ बजे गर्ने जनाइएको छ ।
Leave a comment