हाइलाइट

कर्जा असुली न्यायाधिकरणमा एकवर्षमा ५८० मुद्दा दर्ता, ११७ काे फैसला

कर्जा असुली न्यायाधिकरणमा एकवर्षमा ५८० मुद्दा दर्ता, ११७ काे फैसला :: Sahakari Akhabar

काठमाडौं । कर्जा असुली न्यायाधिकरणमा एकवर्षमा ५ सय ८० वटा मुद्दा दर्ता भएका छन् भने ११७ वटा मुद्दा फैसला गरेको छ । न्यायाधिकरणले २४ वटा मुद्दामा मिलापत्र भएको र २६ वटा कार्यान्वयन भएको जनाएको हो । न्यायाधिकरण स्थापना भएको एकवर्षमा प्रकाशन गरेको प्रगती विवरणमा सो कुरा उल्लेख गरिएको छ । न्यायाधिकरण गत वर्ष असार २५ गते स्थापना भएको थियो ।

तीमध्ये फैसला भएका मुद्दाको ठहर रकम साढे २३ करोड बढी रहेको र मिलापत्र भएका मुद्दाबाट ७ करोड ८१ लाख बढी रकम असुल उपर भएको न्यायाधिकरणले जनाएको छ । यस्तै, यस अवधिमा २६ वटा मुद्दा कार्यान्वयन भएको भन्दै तिनबाट ८ करोड १० लाख बढी रकम असुल उपर भएको न्यायाधिकरणले जनाएको छ ।

सहकारी ऐन, २०७४ को दफा ८२ तथा सहकारी नियमावली, २०७५ को नियम ४२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ असार २५ गतेको निर्णयअनुसार स्थापना भएको  न्यायाधिकरणले काठमाडौंको नयाँ बानेश्वरस्थित सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र परिसरबाट नियमित रूपमा कार्य सञ्चालन गर्दै आएको छ।

सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको छिटो, छरितो र प्रभावकारी रूपमा कारवाही तथा किनारा गरी सहकारी संस्थाले असुल गर्न नसकेको कर्जा असुलउपर गर्ने उद्देश्यले स्थापित न्यायाधिकरणले स्थापनाकालदेखि आज असार २५ गतेसम्म सम्पन्न गरेका कार्यहरूको विवरण विज्ञप्तिमार्फत जानकारी गराएको हो ।



Leave a comment