काठमाडौं । बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रदेशका समस्याग्रस्त पाँचवटा सहकारीका साना बचतकर्तालाई रकम फिर्तागर्ने तयारी गरेको छ । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना प्रकाशन गरी साना बचतकर्ताको बचत फर्तागर्ने निर्णय भएको जनाएको हो।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफल तथा बैठकमा समितिको जिम्मेवारी अन्तर्गत रहेका पाँचवटा समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचतरकम फिर्तागर्ने निर्णय भएको जनाएको छ । समितिले बचत रकम मागदावी गर्दा कुनै अभिलेख छुट भएको भए उक्त पाँचवटा सहकारीका साना बचतकर्ताहरुले समितिको कार्यालय अनामनगरमा यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरेको छ ।
समस्याग्रस्त सहकारीहरुः
१,सिभिल सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ
२,दर्शन बचत तथा ऋण सहकारी
३,सुमेरु बचत तथा ऋण सहकारी
४,लालीगुराँस बचत तथा ऋण सहकारी
५,नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी

Leave a comment