काठमाडौं । बागमती प्रदेशका समस्याग्रस्त पाँचवटा सहकारीका सदस्यलाई अनलाईन मागदावीका लागि समस्याग्रस्त व्यवस्थापन समितिले अनुरोध गरेको छ । समितिले विभिन्न मितिमा समस्याग्रस्त घोषित बागमती प्रदेशका समस्याग्रस्त संघसंस्थाका सदस्य, बचतकर्ता तथा साहुहरुलाई आफूले पाउनु पर्ने रकमको दावी पेश गर्न असार ३ गते पुनः सूचना प्रकाशित गरेको हो । समितिले ३० दिनसम्म अनलाईन मागदावीका लागि सूचना प्रकाशित गरिएको जनाएको छ । समितिको वेवसाइट www.coopme.bagamati.gov.np मा गई अनलाईन मागदावी पेश गर्न अनुरोध गरेको छ।
१, सिभिल सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ, सोल्टीमोड, काठमाडौं
२, दर्शन बचत तथा ऋण सहकारी संस्था, किर्तिपुर, काठमाडौं
३, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था, खुसिबु, काठमाडौं
४, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी संस्था, गोगँवु, काठमाडौं
५, सुमेरु बचत तथा ऋण सहकारी संस्था, पुल्चोक, ललितपुर
Leave a comment