काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिको जेठ २२ गतेको निर्णयअनुसार लालीगुराँस सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था र सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ठूला ऋणीहरूको विवरण सार्वजनिक गरेको हो ।
समितिले उपलब्ध ऋणी विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ । साविकमै ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम परेका व्यक्तिलाई प्रमाणसहित समितिमा उपस्थित हुन आग्रह गरेको छ। साथै, ऋण बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न निर्देशन दिएको छ । अन्यथा प्रचलित कानूनबमोजिम असुली प्रक्रिया अघि बढाइने समितिले जनाएको छ ।
Leave a comment