काठमाडौं । काठमाडौँ महानगरपालिकाले ६ वटा सहकारीलाई घर खालिगर्ने निर्देशन दिएको छ । पालिकाले आज सूचना प्रकाशन गरी ती सहकारीलाई कोठा, फ्ल्याट खाली गर्न भनेको हो । पालिकाको न्यायिक समितिबाट घर कोठा, फ्ल्याट खाली गर्ने भनी भएका निर्णयहरूमध्ये सहकारी सङ्घ÷संस्थालाइ बहालमा लिएका घर कोठा, फ्ल्याट खाली गर्न भनेको हो ।
पालिकाले सहकारी संस्थाका पदाधिकारी (सञ्चालक समिति / लेखा सुपरीवेक्षण समिति) कर्मचारी तथा संस्थाका सदस्यहरूले सूचना प्रकाशन भएको मितिले पन्ध्रदिन भित्रमा काठमाडौँ महानगरपालिका, कानून तथा मानव अधिकार विभागमा सम्पर्क गर्न भनेको छ।
तोकिएको समयभित्र सहकारी संस्थाका पदाधिकारी / कर्मचारी / सदस्य सम्पर्कमा नआएमा सहकारीले बहालमा लिएका घर कोठा, फ्ल्याट न्यायिक समितिको निर्णयानुसार खाली गरिने सूचनामा उल्लेख छ । पालिकाले उक्त घर कोठा खाली गर्दा सहकारी कार्यालयका सामानहरू सम्बद्ध घरधनीको जिम्मामा दिइने र पछि सहकारीको सम्पत्ति, सरसामान सम्बन्धमा कुनै दाबी विरोध नलाग्ने जनाएको छ।
सहकारीको संस्थाको नाम
१ सत्कार सहकारी संस्था, कामपा. ३, काठमाडौँ
२ अमृताम्भ बचत तथा ऋण सहकारी संस्था, कामपा १५, काठमाडौँ
३, हिराखुशी बहुउद्देश्यीय सहकारी संस्था कामपा २२, काठमाडौँ
४, मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था कामपा ३२, काठमाडौँ
५, नवल सवल बचत तथा ऋण सहकारी संस्था कामपा ३२, काठमाडौँ
६, पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था कामपा ३२, काठमाडौ
Leave a comment