काठमाडौं । सरकारले पिडित बचतकर्तालाइ चक्रिय कोष मार्फत बचत फिर्ता गर्ने जनाएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् । उनका अनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको नियमनका लागि प्राधिकरणको भूमिका थप प्रभावकारी बनाउने बताए ।
उनले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ताका लागि समस्याग्रस्त सहकारीको सम्पतिबाट शोधभर्ना हुनेगरी चक्रियकोषका रुपमा स्थापना भएको एकिकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने ब्यवस्था मिलाउने जनाए । त्यसैगरी सार्वजनिक नीजी र सहकारीको सहकार्यमा सुलभ फार्मेसी सेवा संचालन गर्ने जनाए ।
Leave a comment