काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेति निर्वाचित भएका छन् । बैंकको आज भएको अध्यक्षको निर्वाचनमा उप्रेती निर्वाचित भएका हुन् । सात जनाको संचालकको मतदानमा उप्रेतीको पक्षमा पाँच र परितोष पौड्यालको पक्षमा दुईमत परेको थियो । सहकारी बैंकको संसोधित विनियम अनुसार सञ्चालक समिति नौ सदस्यीय हुनेछ ।
समितिमा कम्तीमा दुई जना महिला अनिवार्य सहित सात प्रदेशबाट एक–एक जना संचालक निर्वाचित भएकाछन् । दुईजना विज्ञ सञ्चालक (एकजना सहकारी तथा एकजना वितीय विज्ञ) चाँही पछि संचालकले मनोनयन गरिने व्यवस्था छ । निर्वाचित सञ्चालक मध्येबाट अध्यक्ष चयन हुने ब्यवस्था अनुसार आज बागमती प्रदेशका संचालक पौड्याल र कोशी प्रदेशका संचालक उप्रेती बिच मतदान भएको थियो । बैंकको जेठ ९ गते बागमती प्रदेश संचालकको निर्वाचन संगै बैंकमा सातजना संचालक र तीनजनाको लेखा समिति चयन भएको हो ।
संचालकमा कोशी प्रदेशबाट लक्ष्मीप्रसाद उप्रेती, मधेश प्रदेशबाट मन्दिरा आचार्य, बागमती प्रदेशबाट परितोष पौड्याल, गण्डकी प्रदेशबाट कमला देवी गिरी, लुम्बिनी प्रदेशबाट विष्णुप्रसाद बराल, कर्णाली प्रदेशबाट कालीबहादुर महतारा र सुदुर पश्चिम प्रदेशबाट मनमोहन विष्ट संचालक बनेका छन् । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा तारा गुरुङ र सदस्यहरुमा ममता शाह तथा युवराज पोखरेललाई चयन गरिएको छ । समितिले जेठ १३ गते सपथ (पदबहाली) गरेको थियो ।
Leave a comment