चार सहकारीका १ हजार ७७० ऋणीको नाम सार्वजनिक

चार सहकारीका १ हजार ७७० ऋणीको नाम सार्वजनिक :: Sahakari Akhabar

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका थप १ हजार ७७० जना ऋणीहरूलाई ऋण मिलान गर्न सार्वजनिक सूचना जारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको समितिको बैशाख २३ गतेको निर्णयानुसार समस्याग्रस्त सहकारीहरूबाट ऋण लिएका व्यक्तिहरूको नामावली सार्वजनिक गरेको हो ।

समस्याग्रस्त सहकारीका ऋणीहरूलाई तत्काल समितिको कार्यालयमा सम्पर्क गरेर बक्यौता ऋण चुक्ता गर्न समितिले आग्रह गरेको छ । तोकिएको समयमा ऋण नतिरेमा प्रचलित कानुन अनुसार कारबाही अघि बढाइने चेतावनी समितिले दिएको छ । ‘ऋणीहरूको नाम क्रमशः सार्वजनिक गरिने भएकाले सबै ऋणीहरुले समितिमा सम्पर्क गरी ऋण मिलान गर्न सूचित गरिन्छ,’ समितिले जारी गरेको सूचनामा उल्लेख छ।

जेठ ११ गते सार्वजनिक गरिएका ४ सहकारी आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा समायोजित भएका संस्थाहरु हुन । तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्दश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी र घेदुङ बहुउद्देश्यीय सहकारी एकीकरण भई आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी बनेको थियो ।

यि पाँचवटा मध्ये ४ वटा सहकारीका १ हजार ७७० जना ऋणीको नाम सार्वजनिक भएसंगै थप ऋणीहरुको समेत नाम सार्वजनिक हुने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ । हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा एकीकृत भएका मध्ये घेदुङ सहकारीका २४ जना, तपाई हाम्रो बहुउद्देश्यीय सहकारीका ४२९ जना, नागरिक कल्याण सहकारीका ६०५ जना र आइडल यमुना सहकारीका ७१२ जना गरी एकीकृत आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका १ हजार ७७० जना ऋणीको नाम सार्वजनिक भएको हो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बैशाख २३ गते सार्वजनिक गरेका ठुला ऋणी मध्ये सहकारी बैंकका पूर्व अध्यक्ष केबी उप्रेती आवद्ध ५ वटा सहकारीका मात्रै ४७ जना ठुला ऋणीको नाम रहेको थियो । एकीकृत मध्येका ४ सहकारीका १७ सय ७० जनाको नाम सोमबार प्रकाशित भएको हो ।

एकीकृत सहकारीले वचत फिर्ता नगरेको भन्दै वचतकर्ताहरुले गरेको उजुरीका आधारमा एकीकृत संस्थाका अध्यक्ष केबी उप्रेती २०८१ असारदेखि पूर्पक्षका लागि थुनामा छन् । एकीकृत भएका संस्थाहरुले विशेष साधारणसभा गरेर विघटनका लागि सहकारी विभागमा निवेदन पनि दिएका थिए, सहकारीमा समस्या आउन थालेकोले सम्बन्धित संस्थाका सञ्चालकहरुले आ–आफ्नो संस्थाको समस्या समाधान गर्ने गरी अनुरोध गरेका थियौ, सञ्चालक समितिका एक सदस्यले भने, तर सहकारी विभागले विघटन गर्न मानेन ।

छुट्टा छुट्टै सहकारीको समस्या सम्बन्धित सञ्चालकहरुले गर्ने वातावरण बनाउन पटक पटक अनुरोध गरिए पनि नभएका कारण एकीकृत संस्थाका अध्यक्ष उप्रेती पूर्पक्षका लागि कारागारमा रहेको उनको भनाइ छ । पछिल्लो पटक समस्याग्रस्त सहकारीले आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा समायोजित भएका सबै संस्थाहरुको नाम र ति संस्थाबाट ऋण लिएका ऋणीहरुको नाम समेत सम्बन्धित संस्थाकै नामबाट सार्वजनिक गरेकोले समस्या समाधान हुने आशा बढेको आइडल यमुनाका सञ्चालकहरु बताउछन् ।



Leave a comment