काठमाडौं । सि.ए. सन्जिव ढकालले सहकारी संस्थामा भित्री गल्ति पत्तालगाउने काम लेखा समितिको भएको बताएका छन् । उनले लेखा सुपरीवेक्षण समिति सक्रिय नहुँदा समस्यमा बढेर गएको बताएका हुन् ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारीले आयोजना गरेको ‘लेखा सुपरीवेक्षण समिति गोष्ठी २०८२’को दोस्रो दिन कार्यपत्र प्रस्तुत गर्दै उनले वित्तीय संकटमा परेका सहकारी संस्थामा लेखा समिति निस्कृय नै मुख्य कारण रहेको बताए ।
‘सहकारीमा आन्तरिक र वाह्य लेखा परीक्षणको सम्बन्ध र लेखा अनुपालना गर्ने विधि र प्रक्रिया ’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले सञ्चालक समितिले गरेको निर्णणको नियमित सुपरीवेक्षण गरी आवश्यक सरसल्लाह दिने काम लेखा समितिको भएको उनले बताए ।
उनका अनुसार वाह्य लेखा परीक्षकले संस्थामा आन्तरिक गल्ती पत्ता लगाउन नसक्ने भन्दै त्यो जिम्मा लेखा समितिको हो । सहकारी संस्थामा लेखा समितिको जिम्मेवारी धेरै भएकाले सोही अनुसार काम भए संस्थामा आन्तरिक सुशासन कायम भई वित्तीय जोखिम न्युन हुने ढकालको भनाई छ ।
लेखा समिति टेक्निकल विषय भएकाले सहकारी ऐन नियमका साथै भएका आर्थिक ऐन,विभिन्न समयमा जारी भएका निर्देशन, मापदण्ड र लेखा सम्बन्धी आधारभूत ज्ञानको आवश्यक पर्ने उनले बताए ।
त्यसैगरी संस्थामा आन्तरिक नियन्त्रण प्रणाली,आर्थिक कारोबार, कर भुक्तानी,भौतिक सम्पत्ति,सहकारी मापदण्ड, र अन्य कुराहरुको हेर्ने काम लेखा समितिको भएको उनले बताए ।
लेखा समितिले सहकारी संस्थाको नगदको भल्ट भए नभएको र सिसी क्यामेराको व्यवस्था गरे नगरेको जस्ता कुरा हेर्ने,नगद अपचलन,भल्ट तथा भल्ट नगदको दुरुपयोग भएको नभएको हेर्ने काम पनि लेखा समितिको रहेको उनले बताए ।
अन्य संघ संस्था भन्दा सहकारी बढी स्वतन्त्र भएको उनले बताए । अरु देशका ठुला कम्पनीहरुमा सञ्चालक समितिले लेखा समिति नियुक्ती गर्ने तर सहकारीमा भने निर्वाचन मार्फत् लेखा समिति चुन्ने प्रजातन्त्रिक अभ्यास रहेको उनले उल्लेख गरे।
सहकारीमा एक सदस्य एक मतको अधिकार भएको भन्दै शेयर पुँजीको आधारमा मतको गणना नहुनु राम्रो पक्ष रहेको उनको भनाई छ । ५० करोड माथि बचत भएका सहकारी संस्थामा एनएफआरएस लागु भएकाले सोही अनुसार लेखा परीक्षण गर्न उनको सुझाव छ।
नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) २०८१ लागु भएको र ५० करोड माथि कारोबार रहेका सहकारीले सोही अनुसार लेखा परीक्षण गर्नुपर्ने छ ।
आन्तरिक र विस्तृत लेखा परीक्षणका साथै रणनीतिक,वित्तीय बजार,तरलता,अनुपालना र सञ्चालन जोखिम हेर्ने काम वाह्य लेखा परीक्षकको भएको सि.ए. ढकालको भनाई छ ।
त्यसका साथै ऐन नियमको पालना,आन्तरिक नियन्त्रण प्रणालीको अवस्था र सञ्चालक समितिको गतिविधि र कार्ययोजनाको जाँच गरी फिड व्याक दिने काम वाह्य लेखा समिति भएको उनले उल्लेख गरे ।
Leave a comment