हाइलाइट

दस्तुर तिरीसकेका सहकारीले ०८३ बैशाख १७ गतेसम्म अभिलेखिकरण गर्नपाउने

दस्तुर तिरीसकेका सहकारीले ०८३ बैशाख १७ गतेसम्म अभिलेखिकरण गर्नपाउने :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले यही चैत १७ गतेदेखि दर्ता अभिलेखीकरण प्रकृया बन्द गर्दैछ । तर चैत १७ गतेभित्र अभिलेखिकरणका लागि दस्तुर भुक्तानी गरिसकेका संस्थाले भने २०८३ बैशाख १७ गतेसम्म अभिलेखिकरण गर्नपाउने भएका छन् । सहकारी नियमन प्राधिकरणले मंसिर १० गतेदेखि संस्था दर्ता अभिलेखीकरण प्रारम्भ गरेको थियो ।

प्राधिकरणले अभिलेखिकरणका लागि समय थपगर्दै चैत १७ गते अन्तिम समयसिमा तोकेको थियो । यद्यपि, कुनै संस्थाले तोकिएको अवधी भित्र दस्तुर भुक्तानी गरीसकेपनि कारणवश पूर्ण विवरण प्रविष्ट गर्न बाँकी रहेमा ०८३ बैशाख १७ गतेसम्म सम्पूर्ण विवरण प्रविष्ट गर्नसक्ने जनाएको छ ।

चैत ९ गतेसम्म प्राधिकरणमा नेफ्स्कून सहित २० वटा जिल्ला संघहरु र ४ हजार ३११ संस्थाहरु अभिलेखिकरणको प्रकृयामा रहेको जनाइएको छ । २ हजार ८६१ संस्थाको रुजु गर्ने काम भइरहेको र अन्तिम चरणको काम मात्र बाँकी रहेको छ ।

त्यसैगरी १ हजार ५३३ संस्थाले संचालन इजाजत प्रमाणपत्र प्राप्त गरेको प्राधिकरणका उपनिर्देशक मुकेश कर्णले जानकारी दिएका छन् । प्राधिकरणले सूचना जारीगरी सहकारीको दर्ता अभिलेखीकरणको लागि तोकिएको समयावधि भित्र दस्तुर बुझाइसकेको संस्थाले आगामी बैशाख १७ सम्म प्रकृयामा जानसक्ने जनाएको छ ।

सहकारी ऐन, २०७४ को दफा २०क बमोजिम बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ जारी भई मंसिर १० गतेदेखि दर्ता अभिलेखीकरण कार्य प्रारम्भ भएको हो। 

सूचनाः



Leave a comment