हाइलाइट

२० वटा शाखालाई ११ वटामा झार्दै सहकारी बैंक

२० वटा शाखालाई ११ वटामा झार्दै सहकारी बैंक :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले २० वटा शाखालाई गाभेर ११ वटामा झार्ने भएको छ । बैंकले सूचना प्रकाशन गरी विभिन्न जिल्लाका २० वटा शाखा एक आपसमा गाभिने जनाएको हो । बैंकका उक्त शाखाहरु चैत १३ गतेदेखि एक आपसमा गाभिने भएकोले गाभिए पश्चात कायम हुने शाखा कार्यालयबाट एकीकृत रूपमा कारोबार संचालन हुने जनाएको छ ।

साथै गाभिने शाखा कार्यालयहरू मार्फत कारोबार गरिरहेका संस्थाहरुले गाभिए पश्चात कायम हुने शाखा कार्यालय मार्फत कारोबार गर्न बैंकले भनेको छ । बैंकले पोखराको ताल्चोक शाखा र पोखरा शाखा, तिलोत्तमा शाखा र बुटवल शाखा, पुतलीबजार शाखा र वालिङ शाखा गाभिने भएको जनाएको छ।

त्यसैगरी पुतलीसडक शाखा र न्युरोड शाखा, मुख्य शाखा कुपण्डोल र लगनखेल शाखा, इमाडोल शाखा पनि लगनखेल शाखामा गाभिने जनाइएको छ । त्यसैगरी कालिमाटी शाखा र कलंकी शाखा, कोटेश्वर शाखा र ठिमी शाखा, नयाँबजार शाखा र गोंगवु शाखा, नारायणगोपाल चोक शाखा र गोंगवु शाखा तथा फिदिम शाखा र इलाम शाखा पनि गाभिने जनाइएको छ। 
 



Leave a comment