काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गरेका हुन् । प्रतिज्ञापत्रमा आदर्श र कर्ममा आधारित अबको राजनीतिको एकमात्र उद्देश्य रहने बताए ।
नेपाललाई समुन्नत र नेपालीलाई सम्मानित बनाउनु पार्टीको लक्ष्य रहेको प्रतिज्ञा गरे । अवको परिकल्पनाको नेपालमा किसानहरू सम्पन्न र मुलुकको प्रगतिका मुख्य सारथी हुने, कृषि पेसा कुनै नागरिकको बाध्यता नभई आधुनिक र मर्यादित छनोट हुने बताए ।
नेपाली किसानले मुलुकलाई चाहिने स्वास्थ्यकर खाद्यान्न आपूर्ति मात्र गर्ने नभइ प्रविधिको उच्चतम प्रयोग, बजारमा सहज पहुँच र आफ्नो उत्पादनको उचित मूल्यको सुनिश्चिता समेत पाउने सभापति थापाले जनाए । उनले भने, ‘युवाहरूले कृषिमा आफ्नो भविष्य र भरोसा भेट्ने छन्, राज्यले सिँचाइ र मलको अभाव अन्त्य गर्दै, बीमा र भुक्तानीका सास्ती हटाएर बजार र मूल्य सुनिश्चित गर्नेछ ।
नेपालको उत्पादनलाई विश्व बजारमा ‘ब्राण्ड’ बनाउने भिजन बोकेका कृषि उद्यमीहरूलाई राज्यले हरेक पाइलामा साथ दिनेछ,।’ कृषि, पर्यटन, ऊर्जा, आईटी, खेलकुद, यातायातजस्ता क्षेत्रलाई आधुनिक र सबल बनाउँदै अत्यावश्यक पूर्वाधारहरूको द्रुत विकास हुनेछ।
हिमाल, नदी, वनजंगल जस्ता हाम्रा अमूल्य प्राकृतिक सम्पदाहरू भावी पुस्ताका लागि सुरक्षित रहने, अर्थतन्त्र खुला, प्रतिस्पर्धी, प्रविधिमैत्री र पर्यावरणमैत्री हुने प्रतिज्ञापत्रमा उल्लेख छ । त्यसैगरी आँट गरेर लगानी गर्ने, रोजगारी र सम्पत्ति सृजना गर्ने एवं उत्पादनमा जोडिने सबैलाई काँध थाप्ने राज्य हुनेछ ।
सानादेखि ठूलासम्मका व्यवसाय गर्ने नागरिकलाई राज्यले हरतरहले प्रोत्साहन र साथ दिनेछ । साथै, आर्थिक रूपमा पछाडि परेका नागरिकलाई पनि सम्पत्ति र आय आर्जन गर्नसक्ने गरी सक्षम बनाउने प्रतिज्ञा गरेको छ।
यस्तो छ, नेपाली कांग्रेसको सहकारी सम्बन्धि नीतिगत व्यवस्था
१, सहकारी क्षेत्रगत सुधार समुन्नत समाजको आधार नारा कार्यान्वयनका लागि सहकारी मार्फत समुन्नतीका लागि सहकार्य (तीन एस) कार्यक्रम सञ्चालन । थ्री एस (स्व रोजगार, बचत बृद्धि र दीगो विकासका लक्ष्यहरुमा योगदान)
२, संयुक्त राष्ट्र संघको सहकारी दशक कार्यक्रम बमोजिम आईसीएले विकास गरेको कार्ययोजना कार्यान्वयन मार्फत सहकारी क्षेत्रको सवलिकरण ( सहकारी पहिचानको पुनपुष्टि, नीति र उद्यमशील पारिस्थितिक प्रणालीको सक्षमता, उद्देश्यपूर्ण नेतृत्व प्रबद्र्धन र दिगो सहकारी भविष्य निर्माण)
३, सहकारी सज्जाहरुको सशक्तिकरणः व्यवसायिकता विकास र सञ्जालिकरणका लागि सहकारी कानुन सुधार कार्यक्रम कार्यान्वयन । ( वित्तीय सहकारी ऐन, प्रचलित कानूनको प्रभावकारी कार्यान्वयन, उत्पादनलाई प्रोत्साहन, सेवाहरुको प्राविधिकरण) ४, सहकारीको मर्म एक उद्यम सबैको घरमा अवधारणा कार्यान्वयनका लागि सरकार सहकारी सहकार्य कार्यक्रम विकास । ( उद्यमशिलता विकासको पारिस्थितिक प्रणालीमा सहकारी मार्फत सहकार्य )
५,समुन्नत समाजको पहिचानः सशक्त सहकारी अभियान कार्यान्वयका लागि नेतृत्व विकास कार्यक्रम सञ्चालन । ( नेतृत्वको सक्षमता विकास कार्यक्रम, लोकतान्त्रीक अभ्यास, वित्तीय अनुशासन )
६, सहकारीता प्रवद्र्धनका लागि तालिम, शिक्षा र सूचना कार्यान्वयनका लागि सहकारी शिक्षालयहरु स्थापना तथा सञ्चालन । ( सहकारीले तिरेको कर सहकारीहरुको तालिम, शिक्षा र सूचना प्रणाली विकासमा )
७, बचत तथा ऋण सुरक्षण कोष स्थापन तथा सञ्चालन ।
८, स्थिरीकरण कोषमा अनिवार्य सहभागिताको नीतिगत व्यवस्था ।
९, सहकारी मार्फत वित्तीय कारोवार विस्तारका लागि अन्तर सहकारी कारोबारको नीतिगत व्यवस्था ।
१०, जलविद्युत आयोजना, रासायनिक मल कारखाना, आवसीय परियोजना, यातायात, भारी कृषि उपकरण, फलफूल प्रशोधन, जडिबुटी प्रशोधन, चिनी उद्योग, शीत भण्डार, अस्पताल, शिक्षालय, प्राविधिक शिक्षालय, प्रयोगशाल जस्ता ठूला लगानी चाहिने उत्पादन कार्य गर्न वा सदस्यका साझा आवश्यकताका वस्तु वा सेवाको परिपुर्ति गर्न विशिष्टिकृत सहकारी संघको गठन ।
Leave a comment