काठमाडौं । बागमती प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालय ललितपुरको सानेपामा सरेको छ । अव बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले प्रवाह गर्ने सहकारी सम्बन्धी सबै सेवा ललितपुरको सानेपा कार्यालयबाट हुने भएको हो ।
कार्यालयले सूचना जारी गरी प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकारी तथा गरिबी निवारण महाशाखाबाट प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले प्रवाह गर्ने सहकारी सम्बन्धी सबै सेवा प्रवाह आज पुष १८ गते आईतबारदेखि बागमती प्रदेश काठमाडौं उपत्यका स्थित सानेपा, ललिपुरमा रहेको प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयबाट हुने जनाएको छ । सहकारी कार्यालय ललितपुरको सानेपास्थित परिबोध माध्यामिक विद्यालय अगाडी रहेको प्रकाशित सूचनामा उल्लेख छ ।
Leave a comment