हाइलाइट

कोशी प्रदेशका एक हजारबढी संस्थामा ३४३ को मात्र विवरण अद्यावधिक

कोशी प्रदेशका एक हजारबढी संस्थामा ३४३ को मात्र विवरण अद्यावधिक :: Sahakari Akhabar

काठमाडौं । कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा ३२५ वटा सहकारीले मात्र विवरण अद्यावधिक गरेका छन् । प्रदेशका १ हजार ६८ सहकारी संस्थामध्ये ३४३ संस्थाले मात्र कार्यालयमा विवरण अद्यावधिक गराएका हुन् । सम्वन्धित नियमक निकायमा संस्थाको विवरण अद्यावधिक नगर्ने सहकारी संघसंस्था ७२५ वटा रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले सहकारी संघसंस्थाको पछिल्लो विवरण अद्यावधिक गर्न सूचना जारी गर्दै संस्थाको सम्पूर्ण विवरण माघ १५ गतेसम्म अद्यावधिक गर्न भनेको हो । सहकारी संघ संस्थाहरुले पुष मसान्तभित्र बार्षिक साधारण सभा सम्पन्न गरी १५ दिनभित्र नियमन निकायमा साधारण सभाको जानकारी गराइ विवरण अद्यावधिक गराइसक्नुपर्ने कानुनी प्रावधान छ ।



Leave a comment