काठमाडौं । रुपन्देहीमा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले आज पौष ५ गते विभिन्न गतिविधि गरी २० औं बार्षिकोत्सव मनाएको छ । संस्थाले यस आवमा सामाजिक कार्य अन्तर्गत सवा ११ लाख रुपैंयाँ खर्च गरेको छ ।
संस्थाले जनउत्थान छात्रवृत्ती वितरणका साथै एकहजार जेष्ठ सदस्यलाई सम्मान, बाख्रा पालक सदस्यलाई निब्र्याजी ऋण सहयोग, आमा समुह सहकारी हाजिरी जवाफ कार्यक्रम, अधिकतम् संरक्षित पूँजीकोष प्राप्तकर्ता सम्मान, निशुल्क चिठ्ठा उपहार कार्यक्रम गरेको छ । त्यसैगरी आमा समुह तथा टोल समाज प्रवर्धन, विविध सामाजिक कृयाकलाप हस्तान्तरण र विविध एक मिनेट खेल कार्यक्रम गरेको छ।
संस्थाले जनउत्थान साकोसको सदस्य वा एकाघरपरिवारको सदस्यहरु दशजोड दुई तथा स्नातक अध्ययन गरिरहेका विद्यार्थीहरुलाई ५ / ५ हजारको दरले ८० जना विद्यार्थीहरुलाई ४ लाख रुपैया जनउत्थान छात्रवृत्ती प्रदान गरेको छ । त्यसैगरी संस्थाले बार्षिकोत्सवको अवसरमा सेवाकेन्द्र स्तरिय सामाजिक कृयाकलापहरु समेत गरेको छ ।
कोटिहवा सेवा केन्द्रमार्फत श्री कोटहिमाई मिसुजु आधारभुत विद्यालयलाई ५० हजार बराबरको रङरोगन सहितको विद्यालय गेट बनाउन सहयोग गरेको छ भने श्री बभनी भूतपूर्व शैनिक आधारभूत विद्यालय, तिलोत्तमालाई ६५ हजार बराबरको चिसो पानी पिउने फिल्टर धाराको व्यवस्था गरेको छ । संस्थाले जनउत्थान उज्यालो अभियान अन्तरगत तिलोत्तमा १४ सुपौलीको मुख्य बाडिङ चोकमा एकवटा ४५ हजार बराबरको हाइमास्ट लाइट जडान गर्न सहयोग गरेको छ ।
त्यसैगरी संस्थाको पहुँच सेवा केन्द्रमार्फत नवदुर्गा मन्दिर सिद्धार्थनगर ८ अन्नपुर्णटोललाई ६४ हजार ३१२ बराबरको ३ वटा दशफिटे स्टील चियर बनाउन सहयोग गरेको छ भने सिद्धार्थनगर १ बेलहिया बसपार्कमा १ लाख बराबरको सार्वजनिक प्रतिक्षालय बनाउन सहयोग गरेको जनाएको छ । जनउत्थान उज्यालो अभियान अन्तरगत सिद्धार्थनगर ८ शिवपथमा एकवटा ४५ हजार बराबरको हाइमास्ट लाइट जडान गर्न सहयोग गरिएको जनाएको छ ।
संस्थाको मणिग्राम सेवा केन्द्रमार्फत मंगलापुर ट्राफिक प्रहरी पोष्ट तिलोत्तमा ९ मंगलापुरलाई ४० हजार बराबरको एकवटा टिभी जडान गर्न सहयोग गरिएको र तिलोत्तमा ७ सेमरा बजारमा रहेको ग्रीन पार्कमा २१ हजार बराबरको ३ वटा आरामदायी चारसीटर चियर बनाउन सहयोग गरिएको जनाएको छ ।
त्यसैगरी संस्थाको सुदृढ सेवा केन्द्रमार्फत छपिया इलाका प्रहरी कार्यालय रुपन्देहीमा १ लाख बराबरको एक सार्वजनिक प्रतिक्षालय बनाउन सहयोग गरिएको र छपिया इलाका प्रहरी कार्यालय रुपन्देहीलाई ४० हजार बराबरको टेबल १ थान, चारसिटर बेन्च २ थान, लोबेड १ थान, कुर्चि १ थान बनाएर हस्तान्तरण गरिएको जनाइएको छ ।
संस्थाले पटाकसार सेवा केन्द्रमार्फत चिल्हीया प्रहरी चौकी, रुपन्देहीलाई १५ हजार बराबरको एक सवारी साधन पार्किङ ट्रस्ट बनाउन सहयोग गरिएको र जनउत्थान उज्यालो अभियान अन्तरगत ओमसतिया १ ठुटिपिपल हाटबजार र जनउत्थान कार्यालय अगाडि चोकमा ९० हजार बराबरको २ वटा हाइमास लाइट जडान गर्न सहयोग गरिएको जनाएको छ ।
संस्थाले रुद्रपुर सेवा केन्द्रमार्फत कञ्चन ४ सुनगाभा चोकमा रहेको रुद्रपुर पिसल्याण्ड भूपु सैनिक पब्लीक ईङलीस स्कूललाई ५० हजार बराबरको स्टेजको लागि आवश्यक ट्रष्ट बनाउन सहयोग गरिएको जनाएको छ ।
त्यसैगरी संस्थाले बुटवल सेवा केन्द्रबाट बुटवल ११ शहरी स्वास्थ्य केन्द्रलाई बिरामीहरु बस्नको लागि १५ हजारको तीनसीटर स्टील चियर सहयोग गरिएको र स्वास्थ्यजयोति आमा समूह बुटवल ३ ज्योतिनगरलाई १० वटा डष्टबीन सहयोग गरिएको ।
संस्थाले तामनगर सेवा केन्द्रबाट जनउत्थान साकोसको उज्यालो अभियान अन्तरगत तामनगर ब्यापार समितिलाई बुटवल १२ सिद्धार्थपथ तामनगरको हाटबजार क्षेत्रमा ४५ हजार बराबरको हाइमास्ट लाइट जडान गर्न सहयोग गरिएको र मुर्गिया सेवा केन्द्रमार्फत सैनामैना ६ कलोनीमा रहेको अस्थायी प्रहरी पोष्टमा सेवाग्राहीहरु बस्नको लागि ४ वटा आरामदायी प्रतिक्षालय चारसीटर चियर बनाउन ३० हजार ८३६ सहयोग गरिएको जनाएको हो ।
जिल्लाको टिकुलीगढ गाविस वार्ड नं ८ सुपौलीमा २०५२ साल आश्विन २६ गते शनिबार टिकुलीगढ गाउ विकास कार्यक्रमको सहयोगमा यस क्षेत्रमै नमूना सहकारी संस्था संचालन गर्ने परिकल्पना सहित २०५८ कार्तिक १५ गते शुक्रबारको दिन ३१ जनाबाट एक एकसय रुपैया उठाएर सुरुवात गरिएको संस्था बाग्लुङ सामुदायिक संस्थाबाट शुरुवात भएको सहकारी संस्था हो ।
यो संस्था भिजन सहकारी कार्यालय रूपन्देहीमा २०६२ पौष १ गते दर्ता भएको हो । रूपन्देही जिल्लाभर कार्यक्षेत्र भउको संस्थाले हालसम्म जनउत्थान साकोस, पहुँच महिला साकोस, गौमुखी साकोस, बुद्ध बहुउद्देश्यीय सहकारी, पटाकसार साकोस सुदृण साकोस, सगोल महिला साकोस गरी जम्मा ७ वटा सहकारीहरू एकिकरण मई जनउत्थान साकोस बनेको छ ।
संस्थामा कात्तिक मसान्तसम्म ४० हजार ६१८ जना सदस्य रहेका छन् भने ११ हजार २९ जना ऋणी सदस्इ रहेका छन् । संस्थामा ४ अर्ब ५९ करोड २५ लाख ६५ हजार कूल सम्पत्ति रहेको छ भने २८ करोड ९५ लाख ६९ हजार सेयर पूँजी, ३ अर्ब ५९ करोड ५९ लाख ८४ हजार बचत पुगेको छ ।
संस्थाको जगेडा कोषमा ४१ करोड १८ लाख २४ हजार र १२ करोड २३ लाख १३ हजार कर्जा जोखिम कोषमा रहेको जनाइएको छ । संस्थाले ३ अर्ब ३६ करोड ७० लाख २८ हजार ऋण लगानीमा रहेको जनाएको छ ।
Leave a comment