काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको ‘साकोस समिट २०२५’ सहभागिता हुनचाहनेहरुको चापले दर्ता बन्द भएको छ । संघले आज मंसिर २२ गतेदेखि समिटमा सहभागिता दर्ता बन्द गरेको हो ।
पौष ३ र ४ गते हुने समिटमा मंसिर २९ गतेसम्म दर्ताको समय राखिएको भएपनि सहभागिता जनाउनेको चापले २२ गतेदेखि नै दर्ता बन्द गरेको जनाएको छ । संघले समिटमा सहभागि दर्ता गर्नेकालागि मंसिर २१ गतेसम्म एकहजार छुटको पनि ब्यवस्था गरेको थियो ।
समयमै विशेष छुट सहितको सिट सुरक्षीत गर्न संघले आब्ह्वान गरेसंगै सदस्यहरुले नाम दर्ता गराएकाले समय अगावै कार्यक्रमको सिट बुक भएकोले दर्ता बन्द गरिएको संघका प्राचार्य बल्लभ तिमल्सिनाले बताए । उनले सिट क्षमता ७ सयको रहेको र सहभागिहरुपनि झण्डै ७ सयको हाराहारीमा पुगेकोले समयअगावै दर्ता बन्द गरिएको बताए ।
संघले साकोस शिखर गोष्ठी २०८२ मा सहभागिताका लागि अनलाइन मार्फत फर्म भर्ने ब्यवस्था गरेको थियो । ललितपुरको हेरिटेज प्लाजामा हुने समिटमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ ।
दुईदिन सम्म संचालन हुने गोष्ठिमा स्वदेशी तथा विदेशी विषय विज्ञहरुबाट विभिन्न विषयमा ६ वटा कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । गोष्ठीमा वित्तिय सहकारीको नियमन, सम्पति सुद्धिकरण निवारण, चभपष्लमष्लिन अययउभचबतष्खभ खबगिभक बलम उचष्लअष्उभिक, नेतृत्व उत्प्रेरणा, संचालन मानकिकरण ढाँचा र सहकारीमा श्रोत परिचालनलगायतका विषयमा कार्यपत्र प्रस्तुत तथा छलफल हुने बताइएको छ ।
कार्यक्रममा ७ सय जनाको उपस्थिति हुने अपेक्षा गरिएको थियो । त्यसैगरी सहभागिताका लागि संघको सदस्यकालागि ७ हजार शुल्क तोकिएको थियो भने मंसिर २० गते भित्र सहभागिता जनाउने सहभागिले ६ हजार मात्र तिरे पुग्ने र गैर सदस्यले ८ हजार शूल्क तिर्नुपर्ने थियो ।
Leave a comment