हाइलाइट

तपाई छुट्नु भयो की ?

तपाई छुट्नु भयो की ? :: Sahakari Akhabar

काठमाडौं । समयमै विशेष छुट सहितको सिट सुरक्षीत गर्नुहोस् । मंसिर २० गतेसम्म । अब ३ दिन मात्र बाँकी, दर्तागर्नको लागि विशेष छुटको व्यवस्था रहेको छ । पौष ३ र ४ गते हुने साकोस शिखर गोष्ठी २०८२ को सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं । नाम दर्ताको लागि saccos-summit-2082 - NEFSCUN लिंकमा क्लिक गरी विवरण भर्न सक्नुहुनेछ।

माथिका वाक्यहरु बचत तथा ऋण सहकारी संस्थाहरुको माउ निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को सामाजिक सञ्जाल फेसबुक पेजमा दैनिक र छरपष्ट पाउनुहुनेछ । नेफ्स्कूनका संचालकदेखि कर्मचारीहरुको फेसबुक वालमा गएर पनि हेर्नसक्नुहुनेछ ।

यो नेफ्स्कूनले यही पुष ३ र ४ गते दुईदिन आयोजना गरेको साकोस शिखर गोष्ठीको विज्ञापन हो । ललितपुरको हेरिटेज प्लाजामा हुने दुईदिने साकोस शिखर गोष्ठी २०२५ मा सहभागि हुन छुट्ला है भनेर संस्थाले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेज मार्फत दैनिक जानकारी गराइरहेको देखिन्छ । मंसिर २० गतेसम्म नाम दर्ता गर्नेलाई एकहजार छुट दिइएको पनि छ र त्यसपछि नाम दर्ता गर्नेले छुट नपाउने जनाइएको छ ।

पक्कैपनि एक हजार रुपैंयाँ बचतकालागि संघले सहभागि हुनचाहने हरुलाई हतारो लगाएको हुनुपर्छ । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले साकोसहरु नियमनमा हैन, स्वनियमन मै बलियो बन्न सक्छन् भन्ने मान्यता स्थापित गर्न साकोस शिखर गोष्ठीको आयोजना गरिएको बताएका छन् ।

उनले गोष्ठी सम्पन्न गर्नकालागि नभएर साकोसको दिगो विकासकालागि र गोष्ठिीबाट उपलब्धी हासिल गर्न गर्नलागिएको बताए । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत गरिने समेत जनाए । उनले दुईदिन विभिन्न विषयमा ६ वटा कार्यपत्र प्रस्तुत हुने र स्वदेशी तथा विदेशी विज्ञहरुबाट प्रस्तुत हुने मार्गदर्शन र अनुभव आदान प्रदानमार्फत यस क्षेत्रको क्षमता अभिवृद्धि हुने समेत विश्वास लिइएको जनाए ।

गोष्ठीबाट सहकारी मूल्य, सिद्धान्त र साकोस दर्शनमा आधारित स्वनियमन प्रणाली स्थापना हुने, सशक्त साकोस सञ्जाल निर्माण हुने र नियामकीय अनुकुलताको सुनिश्चितता अुने अपेक्षा गरिएको बताए । गोष्ठीमा नियामकीय मार्गचित्रः साकोसको दिगो संस्थागत रुपान्तरणको चुनौति र अवसर, सम्पती शुद्धीकरण निवारण सम्बन्धी कानुनी व्यवस्था र परिपालना, Shifting leadership for rekindling cooperative values and principles, वित्तीय सहकारीको स्वनियामकीय अभ्यासः चुनौती तथा आगामी मार्गचित्र, विश्वव्यापी दृष्टिकोणका विषयमा कार्यपत्र प्रस्तुत हुने छ ।

त्यसैगरी नेपालमा यसको सम्भावना, वित्तीय सहकारी संस्थाहरूका लागि सञ्चालन मानकीकरण ढाँचा र वित्तीय सहकारीमा स्रोत परिचालनःवर्तमान प्रवृत्ति र आगामी मार्गदिशा विषयमा कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ। कार्यक्रममा ७ सय जनाको उपस्थिति हुने अपेक्षा गरिएको छ। त्यसैगरी सहभागिताका लागि संघको सदस्यकालागि ७ हजार शुल्क तोकिएको छ भने मंसिर २० गते भित्र सहभागिता जनाउने सहभागिले ६ हजार र गैर सदस्यले ८ हजार शूल्क तिर्नुपर्ने जनाइएको छ।



Leave a comment