हाइलाइट

कास्कून २३ औं वर्षमा, दिपक बास्कोटा र पाँचतारासहित चार साकोस सम्मानित

कास्कून २३ औं वर्षमा, दिपक बास्कोटा र पाँचतारासहित चार साकोस सम्मानित :: Sahakari Akhabar

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) २३ औं वर्षमा प्रवेस गरेको छ । संघले शुक्रबार काठमाडौंमा २३ औं स्थापना दिवस कार्यक्रम गरेको हो ।

कार्यक्रममा जिल्लाका विभिन्न सहकारी संस्था तथा ब्यक्तिलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा वर्ष सहकारी अभियन्तामा राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपकप्रकाश बास्कोटा रहेका छन् ।

त्यसैगरी पुरानो सिनामंगलमा रहेको पाँचतारा बचत तथा ऋण सहकारी संघमा अधिक सेयर कायम गर्ने विधामा सम्मानित भएको छ भने कास्कून वर्ष उत्कृष्ट साकोसबाट नव दिपज्योति महिला उत्थान साकोस मित्रपार्क काठमाडौं सम्मानित भएको छ ।

त्यसैगरी संघमा अधिक ब्यवसायिक कारोबार विधामा इचंगुनारायणको सर्वमान्य साकोस सम्मानित भएको छ भने अधिक बचत कारोबार विधामा सहयोगी साकोस कागेश्वरी मनोहरा सम्मानित भएको छ ।

त्यसैगरी कास्कून पूर्व संचालक सम्मानबाट रमिला श्रेष्ठ सम्मानित भएकी छन् भने कास्कून उत्कृष्ट कर्मचारी सम्मान ब्यवसाय अधिकृत दिनेश रोक्कालाई प्रदान गरेको छ ।

संघका अध्यक्ष दिपक पनेरुको अध्यक्षतामा भएको स्थापना दिवस कार्यक्रममा सम्मान पुरस्कार संघका पूर्व अध्यक्ष केशव दंगालले घोषणा गरेको थिए ।

कायक्रममा संघका पूर्व अध्यक्ष शम्भु घिमिरे, केशव दंगाल, पूर्व तथा वर्तमान संचालक र राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विज्ञ संचालक डा. रमेश चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघका ब्यवस्थापक अरुणकुमार तिवारीले संघको विषयमा प्रस्तुती गरेका थिए । उनले कास्कूनको २२ वर्षे यात्राका प्रगती विवरण सार्वजनिक गरेका थिए ।

उनले संघमा ८६७ संस्था सदस्य रहेको र १ हजार २७५ संस्था आवद्ध हुने अनुमान रहेको जानकारी दिए । त्यसैगरी संघमा आवद्ध संस्थाका सदस्य १० लाख वढी रहेको र संघले १११ संस्थामा ऋण लगानी गरेको जानकारी दिए ।

उनले १ अर्ब भन्दा बढी वासलात रहेको ७ वटा र २५ करोड भन्दा माथि वासलात भएका एकसय भन्दा बढी संस्था संघको सदस्य रहेको जानकारी दिए ।

त्यसैगरी संघमा बागमती प्रोस्कूनले संचालन गरेको कोशिष कार्यक्रममा १४ वटा सदस्य संस्था आवद्ध रहेको र नेफ्स्कूनले संचालन गरेको प्रोवेसन कार्यक्रममा २५ वटा तथा ३ वटा संस्था एक्सेस र ३३ कब्र्स कार्यक्रममा संघका सदस्य सहभागि रहेको जानकारी दिए ।

त्यसैगरी संघमा यस आर्थिक वर्षमा १ अर्ब २५ करोड ३४ लाख ९४ हजार  बचत निक्षेप, ३४ करोड ६४ लाख ६३ हजार ऋण लगानीमा रहेको जानकारी दिए ।

त्यसैगरी संघमा ६ करोड ७६ लाख ८८ हजार ५ सय रुपैंयाँ सेयर पूँजी र ३ करोड ५२ लाख ८ हजार १९१ रुपैयाँ जगेडा कोषमा रहेको जनाए । संघको १ अर्व ४३ करोड ३० लाख ३० हजार वासलात रहेको जनाए ।

संघ २०५९ श्रावण १० गते ८ वटा तत्कालिन नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ्ग कारोबार गर्न मान्यता प्राप्त ८ वटा सहकारी संस्थाका १२ जना अभियन्ताहरुबाट रवि शम्शेर जबरा अध्यक्ष रहने गरी संघ दर्ता गर्न तदर्थ समिति गठन भएको थियो । उक्त तदर्थ समितिको अग्रसरतामा तत्कालीन डिभिजन सहकारी कार्यालय काठमाडौंमा २०५९ असोज २४ गते संघ दर्ता भएको थियो ।

संघले नीतिगत पहल कदमी, सदस्य संस्थाहरुको क्षमता विकास (नियमित तालिम रशिक्षा), विषयगत अन्तरक्रिया, केन्द्रीय संघसंगको साझेदारीमा जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम, रणनीतिक तथा वार्षिक योजना र नीति तथा कार्यविधि निर्माणमा प्राविधिक सहयोग गर्दै आएको छ ।



Leave a comment