हाइलाइट

प्रिमियम सिविएस ११ वर्षमा

प्रिमियम सिविएस ११ वर्षमा :: Sahakari Akhabar

काठमाडौं । सहकारीको सेवा प्रविधि मैत्री बनाउने उद्देश्यका साथ स्थापना भएको प्रिमियम टेक्नोलोजी प्रालि ११ औं वर्षमा प्रवेश गरेको छ । सहकारी संस्था, लघुवित्त, व्यवसायिक कम्पनी तथा फर्महरुको सेवालाई प्रविधि युक्त बनाउने उद्धेश्यका साथ स्थापना भएको कम्पनि आजबाट १० वर्ष पुरा गरेको हो ।

विषेशत सहकारी संघ संस्थाहरुलाई प्रिमियम कोर बैकिङ सिस्टम (प्रिमियम सिविएस) उपलब्ध गराउँदै आएको कम्पनिले प्रविधिको सेवा मात्र नभएर त्यस्ता संघ संस्थालाई ब्यवस्थित, मर्यादित अनि विश्वासिलो बनाउनु पनि दायित्व र कर्तब्य रहेको बताएको छ ।

विभिन्न जिल्लाका ४५० भन्दा बढि संघ संस्थाहरुले प्रिमिय सिविएस सेवा लिइरहेको उनले जनाए । संस्थाका कार्यकारी प्रमुख मोहनलाल बनले प्रतिवद्धता जारी गर्दै सदस्य संघ संस्था प्रति आभार ब्यक्त गरेका छन् । उनले भनेका छन्, ‘हामीलाई लाग्छ आज हामी ११ वर्ष प्रवेस गर्दैगर्दा हामीले हाम्रा सदस्य ग्राहकहरुबाट पाएको मायाले हामी त्यो दायित्व र कर्तब्य बाट विमुख भएका छैनौं, झनै हौसियका छौं ।

त्यसैले ४५० संघ संस्थासंग जोडिन पाएका छौं । हामीले पाएको यो विश्वासको हाँगा हामी अझै फैलाउँदै जाने छौं ।’ उनले आगामी दिनमा अझ समय सापेक्ष परिस्कृत सेवा दिन कम्पनि सक्षम भएको बताएका छन् । प्रिमियम कोर बैकिङ सिस्टम (प्रिमियम सिविएस) आईएसओ ९००१र२०१५ प्रमाणित सफ्टवेयर हो ।

अवका दिनमा यहाँहरु माझ स्तरिय, पस्किृत र नवितम् प्रविधिहरु अवलम्वन गर्दै सुरक्षित, स्वचालित र सहज रुपमा एकीकृत मोडलको रुपमा एचझष्गm ऋद्यक् खद्द।ण् विकास गरिएको जानकारी दिए । स्थापना दिवसको अवसरमा ग्राहक वर्ग, साझेदार, व्यवस्थापन, प्राविधिक लगायत सरोकारवाला निकायहरु प्रति कम्पनी आभार ब्यक्त गर्दै कम्पनीले ग्राहक तथा सेवा प्रयोगकर्ताहरुको आवश्यकता र उद्देश्यमा केन्द्रित रही प्रोडक्टहरुको विकास गर्दै आएको र समय अनुकुल परिमाजन गर्ने कम्पनिले जनाएको छ ।



Leave a comment