सहकारी बैंकले घटायो ब्याजदर

सहकारी बैंकले घटायो ब्याजदर :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले बचत र ऋण लागानी दुवैको ब्याजदर घटाएको छ । बैंकले सूचना जारी गरी बचत र ऋण लगानी दुवैको ब्याजदर घटाएको जनाएको हो । बैंकले बचतमा १ प्रतिशत देखि ४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ भने ऋण लगानीमा ५.५० देखि ६.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

साथै बैंकले अपाङ्ग र दलितहरु बाट संचालित सहकारी संस्थाकालागि शुन्य दशमलव ५० छुट हुने र भदौ १० गते भन्दा अघि प्रवाह भएको लगानीमा साविकको ब्याजदर नै कायम हुने जनाएको छ । बैंकमा १६ हजार ४३६ सहकारी संस्था सदस्य रहेका छन् भने १ हजार ३१३ संस्थाले ऋण लिएको जनाइएको छ ।

त्यसैगरी सहकारी बैंकमा २ अर्ब ८९ करोड ३५ लाख ८१ हजार सेयर पूँजी तथा १ अर्ब ४७ करोड ३१ लाख ४२ हजार जेगेडा कोषमा र १२ करोड ५५ लाख ४८ हजार अन्य कोषमा रहेको छ । त्यसैगरी सहकारी बैंकले ४७ अर्ब २४ करोड १७ लाख ४० हजार कुल बचत र १८ अर्ब ६८ करोड ४५ लाख ३६ हजार ऋण लगानीमा रहेको जनाएको छ ।

बैंकसंग १ अर्ब ४७ करोड ३१ लाख ४२ हजार संस्थागत पूँजी र ५८ अर्ब ३१ करोड १२ लाख ४९ हजार कूल सम्पति रहेको जनाएको छ । सहकारी बैंकमा २६ अर्ब ७४ करोड २३ लाख ९ हजार तरलता रहेको जनाइएको छ। बैंकका ७७ जिल्लामा ६८ वटा शाखा कार्यालयहरु रहेका छन् ।
 



Leave a comment