काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा ऋण लगानी गर्न नसकेर तरलता थुप्रिएको छ । सहकारी बैंकले प्रकाशन गरेको साउन मसान्तसम्मको वित्तिय विवरण अनुसार बैंकमा ५६.६१ प्रतिशत तरलता रहेको छ । बैंकमा १६ हजार ४३६ सहकारी संस्था सदस्य रहेका छन् भने १ हजार ३१३ संस्थाले ऋण लिएको जनाइएको छ ।
त्यसैगरी सहकारी बैंकमा २ अर्ब ८९ करोड ३५ लाख ८१ हजार सेयर पूँजी तथा १ अर्ब ४७ करोड ३१ लाख ४२ हजार जेगेडा कोषमा र १२ करोड ५५ लाख ४८ हजार अन्य कोषमा रहेको जनाइएको छ । त्यसैगरी सहकारी बैंकले ४७ अर्ब २४ करोड १७ लाख ४० हजार कुल बचत र १८ अर्ब ६८ करोड ४५ लाख ३६ हजार ऋण लगानीमा रहेको जनाएको छ ।
बैंक संग १ अर्ब ४७ करोड ३१ लाख ४२ हजार संस्थागत पूँजी र ५८ अर्ब ३१ करोड १२ लाख ४९ हजार कूल सम्पति रहेको जनाएको छ । सहकारी बैंकमा २६ अर्ब ७४ करोड २३ लाख ९ हजार तरलता रहेको जनाइएको छ । बैंकका ७७ जिल्लामा ६८ वटा शाखा कार्यालयहरु रहेका छन् ।
Leave a comment