हाइलाइट

तीन वर्ष नपुग्दै ६७ जिल्लाका ५९७ सहकारी संघ संस्थामा मिरा इआरपी 

तीन वर्ष नपुग्दै ६७ जिल्लाका ५९७ सहकारी संघ संस्थामा मिरा इआरपी  :: Sahakari Akhabar

काठमाडौं । सहकारी संघ संस्थाका लागि सम्पूर्ण डिजिटल सेवा प्रदान गर्न तयार गरिएको मिरा इआरपीले तीन वर्ष पुरा नगर्दै ६७ जिल्लाका झण्डै ६ सय सहकारी संघसंस्थामा सेवा पुर्याएको छ । कम्पनिले प्रकाशन गरेको साउन महिनाको तथ्याङ्क अनुसार मिरा इआरपीको सेवा साउन मसान्तसम्म ५९७ संघ संस्थामा पुगेको छ।

पछिल्लो समय ४२ वटा संघ संस्था थपिएसंगै ६७६ जिल्लाका ५९७ सहकारीले सकृय पमा मिरा इआरपीको सेवा प्रयोग गरिरहेका छन् । मिरा इआरपीको सेवा कोशी प्रदेशका १०८, मधेश प्रदेशका ६४,बागमती प्रदेशका १६४ सहकारी सेवा लिइरहेका छन् । त्यसैगरी गण्डकी प्रदेशका ३२, लुम्विनी प्रदेशका १ सय, कर्णाली प्रदेशका २४ र सुदुरपश्चिम प्रदेशका ८६ वटा सहकारी संघ संस्थाले सेवा लिइरहेका छन् ।

नियोसिस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत मनोज तिवारीका अनुसार २०८० सालको जेठ १२ गतेबाट मिरा बजारमा लगिएको हो । उनले मिरा इआरपी सफ्टवयेर नभएर सेवा रहेको बताए । मिरा एआरपी प्रडक्ट मात्र नभएर सहकारीमा प्रविधिको मिसन भएको प्रमुख कार्यकारी अधिकृत तिवारी बताउँछन् ।

उनले मिराको सेवाले प्रयोगकर्ता सहकारीहरु पूर्णरुपमा सन्तुष्ट रहेको जानकारी दिए । मिरा इआरपि ओक्कुको डिजिटल ग्लोबल अवार्डमा समेत नोमिनेसन भइसकेको बताइएको छ । मिरा एआरपी पारदर्शी र ब्याकपको समस्या नरहेकोले यूजरफ्रेण्ली भएको उनको भनाइ छ ।

प्रति यूजर १६ हजारमा सफ्वयेर जडान गर्ने वित्तिकै मोबाइल बैंकिङ र र एसएमएस सेवा निशूल्क दिइएको पनि जानकारी दिए । सेवाको रुपमा सफ्टवेयर (Software As A Service, SaaS) प्रदान गर्दै आएको मिरा इआरपिले सदस्य सहकारी संघ संस्थाहरुलाई निशुल्क एसएमएस अलर्ट सेवा समेत प्रदान गरिरहेको छ ।

सहकारी संघ संस्थाहरुले सदस्यहरुको डिपोजिट, विथड्र, ऋण किस्ताको ताकेतालगायतका लागि उक्त सेवा निशुल्क प्रयोग गर्नसक्ने कम्पनिका प्रमुख प्रविधि अधिकृत मनोज तिवारीले बताए । संस्थाले सदस्यहरुको जन्मदिन तथा संस्थाको साधारण सभाको जानकारीका साथै संस्थाका कार्यक्रमको निमन्त्रणालगायतका आवश्यक सवै किसिमका जानकारी सदस्यलाई दिन सूचनाहरु एकमुष्ठ रुपमा पठाउन सकिने ब्यवस्था गरेको उनले जनाए ।

सदस्यहरु लाई एसएमएस पठाउनको लागि आवश्यक न्युनतम रकम रिचार्ज मात्रै गरेर एसएमएस पठाउन मिल्ने उनको भनाइ छ । उनले ओक्कु च्यालेन्ज २०२५ मा भने अनुसार मिरा इआरपि SaaS साझा प्लेटफर्म भएकोले सबै सहकारी संघ संस्थाहरुलाई समावेसी तरिकाले नयाँ फिचरहरु एकैचोटी उपलब्ध गराउन मिल्ने गरी Architecture design गरिएको बताए ।

उनले भने, ति फिचरहरु प्राय निशुल्क एवम् संस्थाहरुकोे प्रयोगको आधारमा Cloud Computing को Principal मा आधरित रहेर Pay-as-you-go मोडेलमा न्युनतम सेवा शुल्क मात्रै लिएर उपलब्ध गराइने उनको भनाइ छ।

बिगत दुई वर्षदेखि सेवा दिइरहेको कम्पनिको यस सेवाले सहकारीका सदस्यले आफ्नो संस्थासंग गरेको बचत तथा ऋणको कारोबारको जानकारी साथै अन्य डिजिटल भुक्तानि पनि मोबाइलबाटै लिनसक्ने छन ।आइएसओ २७००१ः२०२२ प्रमाणित कम्पनीको उत्पादन मिरा इआरपी एकमात्र ‘सास’ प्लेटफर्म भएको कम्पनीले बताएको छ । सहकारीकालागि उत्कृष्ट सफ्टवेयरको विकास गरेर बजारमा बिक्री भएको कम्पनीको दावी छ।



Leave a comment