काठमाडौं । राष्ट्रिय सहकारी बैंक २३ औं वर्षमा प्रवेश गरेको छ । बैक २०६० साल असार २५ गते स्थापना भई २०६१ साल साउन १९ गतेदेखि कारोवार शुभारम्भ गरेको थियो ।
देशभर छरिएर रहेको पूँजी, सीप र साधनलाई एकीकृत रुपमा सहकारीको माध्यमबाट परिचालन गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न र सहकारी संघ संस्थाहरुलाई वित्तीय लगायतको सेवा उपलब्ध गराउन त्यसैगरी सहकारी संघ संस्थाका सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर उकास्न सहयोग पुर्याउने उद्देश्यले बैंक स्थापना भएको थियो ।
नेपाल सरकारको समेत शेयर लगानी रहेको सहकारी बैंकमा नेपालका ७७ जिल्लाका १६ हजार भन्दा बढी सहकारी संघ संस्थाहरु सदस्य रहेका छन् । केन्द्रीय कार्यालय सहित ७ वटा प्रदेश कार्यालय ६८ वटा शाखाहरु मार्फत बैकिङ्ग लगायतका सेवा पुर्याउँदै आएको जनाइएको छ ।
हरेक वर्ष श्रावण १९ गतेलाई आफ्नो स्थापना तथा कारोबार शुभारम्भ दिवसको रुपमा मनाउने क्रममा बैंकले यो वर्ष २३ औं स्थापना तथा कारोबार शुभारम्भ दिवस मनाउँदै छ ।
स्थापना दिवसको अवसरमा देशभरिका सहकारी संघ संस्थाको सहभागितामा “सहकारीमा नियामकीय मापदण्ड तथा सम्पत्ति शुद्धिकरण निवारण” विषयक गोष्ठी कार्यक्रमको आयोजना गरेको छ ।
Leave a comment