हाइलाइट

बागमती प्रदेशका उत्कृष्ट साकोस व्यवस्थापकमा चितवनका सिताराम र मकवानपुरकी मेनुका घोषणा

बागमती प्रदेशका उत्कृष्ट साकोस व्यवस्थापकमा चितवनका सिताराम र मकवानपुरकी मेनुका घोषणा :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले यो वर्षको बागमती प्रदेशका उत्कृष्ट साकोस व्यवस्थापकमा चितवनका सिताराम सिलवाल र मकवानपुरकी मेनुका दाहाललाई घोषणा गरेको छ । संघको गत मंगलबार सम्पन्न पाँचौ बार्षिकोत्सव तथा छैटौं स्थापना दिवसको अवसरमा सिलवाल र दाहाललाई बागमती प्रदेशका साकोस मध्येबाट उत्कृष्ट ब्यवस्थापक घोषणा गरेको हो ।

संघले १४ वटा विधामा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान एंव पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । त्यसमध्ये प्रदेश उत्कृष्ट व्यवस्थापक पुरुषतर्फ ग्रामिण साकोस चितवनका सिताराम सिलवाल र महिलातर्फ जागरण साकोस मकवानपुरकी मेनुका दाहाल रहेकी छन् । पुरस्कार संघको आगामी मंसिरमा हुने बार्षिक साधारण सभामा बितरण गर्ने जनाइएको छ ।

ब्यवस्थापक सिलवालले नेतृत्व गरेको चितवनको ग्रामिण साकोस प्रोवेशन ब्राण्ड प्राप्त संस्था हो । सिलवालले लामो समयदेखि यस संस्थामा ब्यवस्थापनको जिम्मेवारी सम्हालेका छन् । संस्थाको असार मसान्तसम्मको वित्तिय विवरण अनुसार २ करोड ७६ लाख २५ हजार सेयर पूँजी, २ करोड ५७ हजार जगेडा कोष तथा १९ लाख ६४ हजार अन्य कोष रहेको छ ।

संस्थामा २९ करोड १३ लाख ७५ हजार बचत तथा १९ करोड ८ लाख १६ हजार ऋण लगानीमा रहेको छ । त्यसैगरी २ करोड २१ लाख ३९ हजार संस्थागत पूँजी रहेको संस्थामा ३५ करोड ९६ लाख ९१ हजार कूल सम्पति रहेको छ । १ हजार २४० बाल बचतकर्ता सहित ३ हजार ३५० जना जम्मा सदस्य रहेको संस्थामा १ हजार २०८ जना ऋणी सदस्य रहेका छन् ।

२०५४ साल पुस ४ गतेका दिन स्थानिय २५ जना महिला तथा पुरुषहरुको विशेष उपस्थितीमा तत्कालिन पीप्ले गाविस र भण्डारा गाविसलाई कार्यक्षेत्र बनाई विधिवत रुपमा संस्था संचालनमा रहेको छ । संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), राष्ट्रिय सहकारी बैक, जिल्ला सहकारी संघ, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ र बागमती प्रदेश वचत तथा ऋण सहकारी संघ (प्रोस्कून)मा आवद्धता रहेको छ ।

त्यसैगरी महिलातर्फ उत्कृष्ट बनेकी मेनुका दाहालले ब्यवस्थापनको नेतृत्व गरेको संस्था जागरण साकोस मकवानपुरको पछिल्लो वित्तिय विवरण अनुसार १ करोड ९२ लाख ३९ हजार सेयर पूँजी, १ करोड २३ लाख २१ हजार जगेडा कोष तथा १ करोड २६ लाख ५१ हजार अन्य कोष रहेको छ ।

१७ करोड ८१ लाख ८२ हजार बचत रहेको संस्थामा ११ करोड ८४ लाख २१ हजार ऋण लगानीमा रहेको छ । त्यसैगरी ४ हजार ७ जना जम्मा सदस्य रहेको संस्थामा ८९६ जना ऋणी सदस्य रहेको संस्थाको कूल सम्पति २२ करोड ७२ लाख २ हजार रहेको छ ।

संस्था समूहको प्रतिनीधिको रुपमा ६२ जना सदस्यहरुबाट एक शेयर र मासिक रुपमा ५ रुपैंया बचतबाट प्रारम्भ यस सहकारी संस्था २०५५ साल चैत्र २८ गतेका दिन विधिवत रुपमा तत्कालीन जिल्ला सहकारी कार्यालय मकवानपुरमा दर्ता भएको थियो ।



Leave a comment