हाइलाइट

नेचुरल साकोसका ५१२ जना सदस्यलाई साढे १३ लाख राहत सुविधा

नेचुरल साकोसका ५१२ जना सदस्यलाई साढे १३ लाख राहत सुविधा :: Sahakari Akhabar

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ५१२ जना सदस्यलाई राहत सुविधा प्रदान गरेको छ । संस्थाले गत असार मसान्तसम्म ५१२ सदस्यलाई विभिन्न शिर्षकमा १३ लाख ५७ हजार ६६३ रुपैंयाँ सदस्य राहत सुविधामा प्रदान गरेको हो ।

संस्थाले प्रकाशन गरेको पछिल्लो वित्तिय विवरण अनुसार सदस्यको स्वास्थ्य उपचार सुविधामा २१५ जनालाई ९ लाख ३३ हजार ११३, सुरक्षित मातृत्व सेवामा ४० जनालाई २ लाख १८ हजार, मृत्यु संस्कार राहतमा १० जनालाई ८० हजार र जन्म संस्कार राहतमा २४७ जनालाई  १ लाख २६ हजार ५५० रुपैंयाँ प्रदान गरेको जनाइएको छ ।

संस्थामा १४ हजार ३२३ जना जम्मा सदस्य तथा १ हजार २४३ जना ऋणी सदस्य रहेका छन् । संस्थाको पछिल्लो विवरण अनुसार  शेयर पूँजी १६ करोड ५२ लाख ७९ हजार ७०० तथा जगेडा कोषमा १२ करोड ६५ लाख ३२ हजार २५७ र अन्य कोषमा १३ करोड २२ लाख ४४ हजार २२४ रुपैंयाँ रहेको जनाइएको छ ।

त्यसैगरी संस्थामा २ अर्ब ४ करोड २५ लाख ९३ हजार ७८४ बचत तथा १ अर्ब ९६ करोड १२ लाख ५७ हजार ४३० रुपैंयाँ ऋण लगानीमा रहेको जनाइएको छ । त्यसैगरी २ अर्ब ९४ करोड ९२ लाख  ५५ हजारको ९०० कूल सम्पत्ति तथा १२ करोड ७४ लाख ७ हजार ७४७ रुप्ैंयाँ सस्थागत पूँजी रहेको जनाइएको छ ।

संस्थाका साँखु, नयाँ बजार, काँडाघारी र कालिमाटीमा सेवाकेन्द्र रहेका छन् । २०६४ साल बैशाख २४ गते स्थापना भएर कारोबार गरिरहेको संस्थाले रक्तदानलगायत नियमितरुपमा सामाजिक कार्य गर्दैआएको संस्थाका सचिव विकल्प पाठक बताउँछन् ।



Leave a comment