हाइलाइट

प्रभु मेनेजमेन्टले भक्तप्रका १८ सहकारीको ५२ लाख रुपैंयाँ फिर्ता दिएन 

प्रभु मेनेजमेन्टले भक्तप्रका १८ सहकारीको ५२ लाख रुपैंयाँ फिर्ता दिएन  :: Sahakari Akhabar

काठमाडौं । प्रभु मेनेजमेन्टले भक्तप्रका १८ सहकारीको ५२ लाख भन्दा बढी रकम फिर्ताकालागि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले पहल गर्ने भएको छ । संघमा आबद्ध १८ सहकारीको ५२ लाख भन्दा बढी प्रभु मेनेजमेन्टबाट यथाशिध्र फिर्ता गर्न संघले पहल गरेको हो ।

प्रभु मेनेजमेन्ट प्रालिले नेपाल भरीमा प्रभु रेमिन्टको सेवा दिदैं करोडौ बचत तथा धरौटी लिई रहेकोमा विगत २ बर्षदेखि उक्त कम्पनीले सम्झौता अनुसार भुक्तानी गर्नु पर्ने रकम भुक्तानी गरेको छैन । कम्पनीले सम्पूर्ण सेवाहरु बन्द गरी सहकारी संस्थालाई दिनुपर्ने रकम भुक्तानी नगर्दा सहकारी संस्थाहरु पिडित हुनुपरेको छ ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुको नेतृत्वमा बागंलामुखी साकोसका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठ, युवा साकोसको व्यवस्थापक विनोद लामिछाने, शंखधर साकोसका व्यवस्थापक राजेन्द्र कायष्ठ लगायतको उपस्थितिमा प्रभु मेनेजमेन्ट प्रालिका इन्र्चाज रामचन्द्र नेपालीलाई यथाशिघ्र रकम फिर्ताको लागि अनुरोध पत्र बुझाएको छ ।

प्रभु मेनेजमेन्ट प्रालिका रामचन्द्र नेपालीले पत्र बुझ्दै प्रभु मनिट्रान्सर्फरले प्रभु मेनेजमेन्टलाई सम्झौता अनुसार भुक्तानी दिनुपर्ने रकम भुक्तानी नहुदाँ सहकारी संस्थाको बचत फिता गर्न नसकेको बताए । उनले प्रभु मनिट्रान्सफरसंग रकम भुक्तानीका लागि कानुनी उपचार खोजिदै आएको बताए । मुद्दा नटुगिएसम्म सहकारी बचत फिर्ता गर्न नसकिने भएकोले मुद्दा टुगिन्जेलसम्म पर्खनका लागि अनुरोध गरेका थिए ।



Leave a comment