हाइलाइट

सहकारी प्राधिकरणको मापदण्डका विरुद्ध २३ गते ऐक्यबद्धता भेलामा गर्दै बचत अभियान

सहकारी प्राधिकरणको मापदण्डका विरुद्ध २३ गते ऐक्यबद्धता भेलामा गर्दै बचत अभियान :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डका विरुद्धमा बचत अभियानले यही जेठ २३ गते काठमाडौंमा ऐक्यबद्धता भेला गर्ने भएको छ । बचत ऋण सहकारी अभियानको साझा धारणा निर्माण गर्न र थप दवावका कार्यक्रमहरु तय गर्न अभियानले भेला गर्ने भएको हो ।

बचत तथा ऋण सहकारीको माउ निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) ले विज्ञप्ति जारी गरी भेलामा सवै बचत अभियानको सहभागिता र ऐक्यवद्धता जनाएन आग्रह गरेको छ ।

नेफ्स्कून सहित कोशी प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्विनि प्रदेश र बागमती प्रदेश बचत संघहरुले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा बचत अभियानको साझा धारणा निर्माण गर्न र थप दवावका कार्यक्रमहरु तय गरी निरन्तर खबरदारी र पैरवीमा साथ दिन आग्रह् गरिएको छ ।

बचत तथा ऋण सहकारीको विश्वव्यापी मूल्य, मान्यता, सिद्धान्त र अन्तराष्ट्रिय अभ्यासका साथै तात्कालिन र विद्यमान कानुनका व्यवस्था समेतको बर्खिलाप हुनेगरी मापदण्ड आएको अभियानको ठहर छ ।

मापदण्डले जिल्ला, प्रदेश र केन्द्रीय संघहरुमा प्रारम्भिक संस्थाहरुले व्यवस्थापन गरेको तरलता रकमलाई निश्चित समयसीमा भित्र मात्रै तरलता गणना गर्न पाउने व्यवस्थाले संघहरुको पुँजी परिचालन संकुचन भै समग्र बचत ऋण सहकारी अभियान धरासायी हुने साकोसकर्मीले जनाएका छन् ।

केन्द्रीय संघ सहित बचत ऋण सहकारीका ६९ संघहरु आबद्ध रहेको र यसमा ९० अर्ब रुपैयाँ भन्दा बढी तरलता रहेको संघहरुले जनाएको छन् ।

जारी मापदण्डले बचत तथा ऋण सहकारी संस्थाको तरलता आफ्नै संघहरु मार्फत परिचालन गर्ने अभ्यासलाई कमजोर बनाई सहकारीको पूँजि र ऐक्यबद्धतालाई विचलित गराउने कार्यमा प्रसय गरेको नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

संघहरुले आफ्ना सदस्य संस्थाहरुको प्रबद्र्धन, विकास र संस्थागत दिगोपनाका लागि खेलेको अहम् भूमिकालाई नजरअन्दाज गरी मापदण्ड आएको अध्यक्ष ढकालको भनाइ छ ।

उनले भने, अभियानलाई हतोत्साहित गर्ने प्रयास गरेको देखिएको हुँदा विद्यमान कानुनी व्यवस्था मार्फत संघसंस्थाहरुलाई प्रद्धत्त अधिकार कुण्ठित भएको ठहर्छ । जारी मापदण्ड तत्काल परिमार्जन गर्न बचत ऋण सहकारी अभियानको तर्फबाट संघले माग गरेको छ। 



Leave a comment