हाइलाइट

सहकारीमा ‘सिइओ’को चारबर्षे कार्यकाल अवसरका रुपमा लिऔँ

सहकारीमा ‘सिइओ’को चारबर्षे कार्यकाल अवसरका रुपमा लिऔँ :: Sahakari Akhabar

क्षमतावान र सक्षम प्रमुखहरुको लागि व्यक्तिगत फाइदा पनि बढि हुने अवसर हो । किनकि अब क्षमतावान र सक्षम व्यवस्थापकहरुको मूल्य सेवा सुविधा अझ बढ्छ । अब क्षमतावान र सक्षम व्यवस्थापकहरु बिदेशिनु पर्दैन । यहि नेपालमा २÷३ लाख तलब खाएर समुदायको सेवा गर्ने अवसर पाउँछन ।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीकालागि निर्देशन तथा मापदण्डमा कार्यकारी प्रमुख÷संस्था प्रमुख÷व्यवस्थापकको कार्य अवधि चार वर्षको हुने ब्यवस्था गरेको छ । त्यसैगरी कार्यसम्पादन मूल्याङ्कनको आधारमा सञ्चालक समितिलाई उपयुक्त लागेमा थप एक कार्यकालका लागि पूनः नियुक्त गर्नसक्ने ब्यवस्था गरेको छ ।

राष्ट्र बैंकले जारी गरेको उक्त निर्देशनको विषय सहकारी व्यवस्थापकहरुको चिन्ताको विषय बनेको देखिन्छ, तर यसमा ब्यवस्थापकहरुले चिन्ता लिनु पर्ने अवस्था भने म देख्दिन ।

यो नियम सिमित ब्यवस्थापकको मात्र विषय हैन । नेपालको सबै सहकारीका व्यवस्थापकहरुका लागि हो । उक्त निर्देशन लागु भएपछि नियुक्ति पाएको ४ वर्षपछि सबै व्यवस्थापकहरु साटिनु पर्छ भन्ने मेरो पनि बिचार हो ।

यदि कार्यविधि र सुशासनको पूर्ण पालना गर्दै सञ्चालकहरुले संस्था सञ्चालन कार्यविधि बनाएर व्यवस्थापकलाई दिने र दैनिक रुपमा संस्था सञ्चालनमा कुनै हस्तक्षेप नगरिकन काम गर्नदिने बातावरण भएमा यो हामी सबै व्यवस्थापकहरुका लागि सुअवसर पनि हो ।

१, सुशासनमा चलाएका राम्रो गरिरहेका सहकारी व्यवस्थापकहरु पनि धेरै छन । तिनीहरुले आफ्नो क्षमता अनुसार आफ्नो सहकारी त राम्रो बनाए तर अरु सहकारी असफल हुँदा हाम्रो सहकारीमा पनि दाग लाग्छ । यसले गर्दा यो नियम अरु सहकारी पनि राम्रो र सफल बनाउने अवसर हो ।

२, एउटै सहकारीमा बसेपछि म बाहेक अरु आउदैनन, यो सहकारीमा भन्ने सोचले हामीमा नया सिकाई र थप क्षमता अभिवृद्धि गर्ने सोचमा क्षयीकरण हुँदै जान्छ । नयाँ नयाँ श्रृजना र आविस्कारको ढोका बन्द हुन्छ ।

अब अर्को सहकारीमा प्रमुख भएर जान थप क्षमता अभिवृद्धि गर्नुपर्छ भनेर सिकाई सिद्धान्त अनुसार थप प्रेणा जाग्छ जसले गर्दा हाम्रो क्षमता तथा सीपहरु अझ विकास हुँदै जान्छ ।

३, आफू हुँदा मात्र होइन आपूm नहुँदा पनि सहकारी चल्न सक्नुपर्छ । यो नै उत्कृष्ट नेतृत्वको विशेषता हो । त्यसैले आपूm नहुँदा पनि संस्था कसरी चलेको छ भनेर बाहिर तर नजिकबाट हेरेर आफ्नो रणनीतिको कमि कमजोरी पत्ता लगाउने र संस्थालाई आवश्यकता अनुसारको थप पृष्ठपोषण दिने सुअवसर पनि हो ।

४, सधै भरि एउटै सहकारीमा बस्दा गलत नियत भएका व्यवस्थापकले गरेको कैफियतहरु अब अर्को व्यवस्थापक आएपछि पत्ता लाग्छ भन्ने डरले त्यस्ता कैफियतहरु गर्दैनन् जसले गर्दा सहकारी अभियान सुध्रिन्छ । यसले गर्दा सहकारीको छवि सुधार र हामी सबैको इज्जत सम्मान बढ्छ ।

५, एउटै सहकारी र एउटै अभियान्ताहरु सँग बस्दा सिकाइको सीमाभन्दा माथि सिक्न सकिदैन । अर्को सहकारीमा जाँदा फरक सहकारी अभियान्ताहरुसँगको संगतले अझ फरक अनुभव र सिकाईहरु प्राप्त गर्न सकिन्छ ।

६, फरक टेष्ट लिन खोज्ने मानविय स्वभाव हो । जति राम्रो भए पनि एउटै व्यक्तिबाट त्यहि समुदाय, त्यहि परिवेश, त्यहि सदस्य, त्यहि ठाउँ र त्यहि सञ्चालक हुँदा त्यो डेट एक्सपायर हुँदै जान्छ जसलेगर्दा मान सम्मान आदर घट्दै जान्छ । थप आदर सम्मान पाउनको लागि अर्को सहकारीहरुमा जानु पनि अवसर नै हो ।

७, सञ्चालकहरुलाइ उचित कार्यकारी प्रमुख नपाउँदा र पुरानो कार्यकारी प्रमुख नहुँदा मात्र त्यसको अभावको महसुस हुन्छ । यसले त अब नजिक बसेर आफु नहुँदा उनीहरुको महसुसलाई आकलन गर्ने अवसर र पुन ४ वर्षपछि त्यहि फर्कने र थप आदर सम्मान सहित सञ्चालन गर्ने अवसर पनि हुनसक्छ ।

८, क्षमतावान र सक्षम प्रमुखहरुको लागि व्यक्तिगत फाइदा पनि बढि हुने अवसर हो । किनकि अब क्षमतावान र सक्षम व्यवस्थापकहरुको मूल्य सेवा सुविधा अझ बढ्छ । अब क्षमतावान र सक्षम व्यवस्थापकहरु बिदेशिनु पर्दैन । यहि नेपालमा २÷३ लाख तलब खाएर समुदायको सेवा गर्ने अवसर पाउँछन ।

९, यो नियमले सक्षम र क्षमतावान प्रमुख राख्न नसक्ने सहकारीहरु एकिकरण हुँदै जान्छन । अब एकिकरणको कारण गलत नियत भएका सदस्यहरुलाई विकल्प नभएपछि आफ्नो गोटि चालेर होइन कमाएर तिर्नुपर्छ भन्ने सोचको विकास हुन्छ । सदस्यहरुमा आत्मनिर्भरता बढ्छ र राज्यको गरिबी न्यूनिकरण लक्ष्यमा टेवा पुग्छ ।



Leave a comment