हाइलाइट

पूर्वी उपत्यका बहुउद्देश्यीय सहकारीलाई बचत ऋण संचालन इजाजतपत्र

पूर्वी उपत्यका बहुउद्देश्यीय सहकारीलाई बचत ऋण संचालन इजाजतपत्र :: Sahakari Akhabar

काठमाडौं । कागेश्वरी मनोहरा डाँछीमा रहेको पूर्वी उपत्यका बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी प्राधिकरणबाट बचत ऋण संचालन इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्नका लागि बैशाख १३ गते संचालन इजाजतपत्र प्राप्त गरेको हो।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम यस संस्थाले संचालन इजाजतपत्र प्राप्त गरेको हो । संस्थाले प्राप्त गरेको इजाजतपत्र नं २०७८–०१५५४ रहेको छ । संस्था कागेश्वरी मनोहरा नगरपालिका डाँछी काठमाडौमा दर्ता भएको हो । संस्थाको कार्यक्षेत्र कागेश्वरी मनोहरा नगरपालिकाको ७, ८ र ९ वडा रहेको छ।

प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै सहकारीहरुको दर्ता, अभिलेखीकरण गर्न गत २०८२ मंसिर १० गतेबाट अनलाइन पोर्टलमार्फत सुरु गरेको थियो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारीले प्राधिकरणबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था छ।

संचालन अनुमतिपत्रका लागि सहकारी संस्थाहरुले प्राधिकरणको अनलाईन अभिलेखिकरण गरेका थिए । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरणकालागि यही २०८२ चैत १७ गतेसम्म समय सिमा तोकेको थियो । प्राधिकरणबाट झण्डै पाँचहजार संघ संस्थाले बचत ऋणको अनुमती पाइसकेका छन् भने त्यतिनै संख्यामा अनुमतिका लागि प्रकृयामा रहेको जनाइएको छ।

कूल ६७६ जाना सदस्य तथा १०४ जना ऋणी सदस्य रहेको संस्थाको ९१ लाख ४९ हजार १ सय रुपैंयाँ सेयर पूँजी रहेको छ । संस्थाको २ करोड ३२ लाख २९ हजार रुपैंयाँ बचत रहेको संस्थाले २ करोड ४२ लाख ९९ हजार रुपैंयाँ ऋण लगानीमा रहेको जनाइएको छ । त्यसैगरी संस्थाको १६ लाख ७८ हजार रुपैंयाँ कूल सम्पति रहेको जनाइएको छ।



Leave a comment