हाइलाइट

बागमती प्रदेशका समस्याग्रस्त ५ सहकारीका ऋणीलाई ऋण तिर्न निर्देशन

बागमती प्रदेशका समस्याग्रस्त ५ सहकारीका ऋणीलाई ऋण तिर्न निर्देशन :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका ५ वटा सहकारीका ऋणीहरुलाई ऋण तिर्न सूचना जारी गरेको छ । समितिले बैशाख १२ गते सूचना जारी गरी उक्त संस्थाका ऋणी सदस्यलाई १५ दिन भित्र ब्यवस्थापन गर्न भनेको हो ।

समितिले सिभिल सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी, सुमेरु वचत तथा ऋण सहकारी, लालिगुराँस बचत तथा ऋण सहकारी र नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका ऋणी र सरोकारवालाहरुलाई हिसाव फरफारकका लागि सूचना जारी गरेको हो।

समस्याग्रस्त घोषणा भई सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि समितिको मातहत आएकोले सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूलाई समितिको निर्देशन छ।

समितिको कार्यालयले विभिन्न माध्यमबाट पटक पटक जानकारी गराउँदा पनि हालसम्म ऋण चुक्ता गर्न बाँकी रहेका ऋणीहरूले बुझाउनु पर्ने ऋणको साँवा, ब्याज तथा हर्जनासमेत नबुझाएकोले यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र समितिको कार्यालय अनामनगर, काठमाडौँमा सम्पर्क गरी आफ्नो हरहिसाव लिई रकम बुझाउन भनेको हो।

उक्त मितिभित्र पनि ऋण फरफारक नगरेमा ऋणीहरूको नाम नामेसी सहितको विवरण सार्वजनिक गर्ने, ऋणी तथा निजको परिवार र जमानीको सम्पत्ति र खाता रोक्काको लागि सम्बन्धित निकायमा लेखि पठाउने, कर्जा लिँदा लेखिएको धितो लिलाम बिक्री वा अन्य व्यवस्था गरी सहकारी संस्थाको सम्पूर्ण लेना रकम असुल उपर गरिने जमानीहरूको जानकारी तथा कार्वाही हुने जनाएको छ।



Leave a comment