नैतिकता, इमान्दारी, गोपनीयता र पेशागत अनुशासन कर्मचारीका आधारभूत गुण हुन् । यस्ता गुण भएका कर्मचारीले सहकारी संस्थाको छवि सुधार गर्न र समाजमा विश्वास कायम गर्न सहयोग पुर्याउँछन् ।
ब्यवसायिक सहकारी संस्था सदस्य–केन्द्रित, पारदर्शी र दिगो आर्थिक संस्थाका रूपमा स्थापित हुन कर्मचारीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । सहकारीको नीति, उद्देश्य, योजना तथा निर्णयलाई ब्यवहारमा उतार्ने मुख्य आधार नै कर्मचारी हुन् । कर्मचारीबिना सहकारी संस्थाको प्रभावकारी सञ्चालन सम्भव हुँदैन । यसमा संचालकले नीति निर्माण गरी कार्यान्वयनकालागि कर्मचारीलाई सुम्पिनु पर्छ नकी हस्तक्षेप गर्ने हो ।
कर्मचारीले सहकारी र सदस्यबीच समन्वयकारी भूमीकामा काम गर्दछन् । सदस्यको बचत संकलन, ऋण प्रवाह, परामर्श सेवा, गुनासो व्यवस्थापन तथा सेवा–सुविधा प्रदान गरेर सदस्य सन्तुष्टि अभिवृद्धि गर्नु उनीहरूको प्रमुख जिम्मेवारी हो । कर्मचारीको व्यवहार, सेवा गुणस्तर र जवाफदेहिताले सदस्यको विश्वास बढाउँछ ।
वित्तीय व्यवस्थापन सहकारीको मेरुदण्ड हो । लेखा–जोखा राख्ने, नगद तथा बैंक कारोबार व्यवस्थापन गर्ने, बजेट कार्यान्वयन, आम्दानी–खर्च नियन्त्रण गर्ने तथा वित्तीय प्रतिवेदन तयार गर्ने कार्य कर्मचारीले नै गर्दछन् । सही लेखा प्रणाली र नियमित प्रतिवेदनले सहकारीको आर्थिक अवस्था मजबुत बनाउँछ ।
त्यसैगरी, सहकारी ऐन, नियम, निर्देशिका र आन्तरिक कार्यविधिको पालना गर्दै जोखिम व्यवस्थापन गर्नु कर्मचारीको महत्वपूर्ण दायित्व हो । ऋण जोखिम, वित्तीय जोखिम तथा सञ्चालन जोखिम न्यूनीकरणमा कर्मचारीको सतर्कता आवश्यक हुन्छ ।
आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाउन कर्मचारीको भूमिका निर्णायक रहन्छ । नैतिकता, इमान्दारी, गोपनीयता र पेशागत अनुशासन कर्मचारीका आधारभूत गुण हुन् । यस्ता गुण भएका कर्मचारीले सहकारी संस्थाको छवि सुधार गर्न र समाजमा विश्वास कायम गर्न सहयोग पुर्याउँछन् ।
साथै, समयानुकूल तालिम, सीप विकास र सूचना प्रविधिको प्रयोगमार्फत कर्मचारीले आफ्नो क्षमता निरन्तर अभिवृद्धि गर्नुपर्छ । अन्त्यमा, दक्ष, इमान्दार र जिम्मेवार कर्मचारी सहकारी संस्थाको सफलता र दिगोपनाको मुख्य आधार हुन् । कर्मचारीले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गरेमा सहकारी संस्था व्यवसायिक, विश्वासिलो र सदस्य–मैत्री बन्न सक्छ ।
Leave a comment