काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी सङ्घ सुनसरीको आयोजनामा वित्तीय सुशासन र सहकारी कानुनमा भएका व्यवस्थाहरु विषयक एक दिवसीय अध्यक्ष व्यवस्थापक गोष्ठी सम्पन्न भएको छ। सङ्घको स्वीकृत कार्ययोजनामा व्यवस्था भए बमोजिम सयवटा सदस्य संस्थाका अध्यक्ष व्यवस्थापक सहभागि रहेको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्कका लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मी उप्रेतीले वित्तीय सुशासन र प्रदेश रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका रजिष्ट्रार भुपेन्द्र खनालले सहकारी कानुनमा भएका व्यवस्थाहरु विषयमा अलग अलग कार्यपत्र प्रस्तुत गरेका थिए ।
दुवै कार्यपत्रमाथि पूर्व रजिष्ट्रार तथा अधिवक्ता हरिबहादुर खत्रीले टिप्पणी पेश गरेको कार्यक्रममा सहभागि संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरुले राखेका जिज्ञासाहरुको जवाफ रजिष्ट्रार खनाल र टिप्पणीकार खत्रीले दिएका थिए ।
कार्यक्रममाथि प्रकाश पार्दै सङ्घका अध्यक्ष गोमाकुमारी गिरी खड्काले यस बर्षको उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता भन्ने नारालाई साकार बनाउदै सहकारी क्षेत्रको संक्रमणकालीन अवस्थालाई चिर्दै नागरिक र समुदायको साकोस प्रतिको विश्वास पुर्नजागृत गराउन सहकारी संस्थाहरुमा सहकारी कानुनको अक्षरस पालना मार्फत वित्तीय सुशासन कायम गर्न अनिवार्य भएकाले ऐनको दफा २५ मा भएको दायित्व पुरा गर्न कार्यक्रम आयोजना गरिएको उल्लेख गरिन।
गोष्ठीमा राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक सदस्य छत्र रिमालको प्रमुख आतिथ्यता सहित महासङ्घकै सञ्चालक सदस्य योगमाया सुवेदी, नेफ्स्कूनका महासचिव घनश्याम अधिकारी, सञ्चालक सदस्य शालिकराम ढकाल लगायत जिल्ला र प्रदेश तहका सहकारी अभियन्ताहरुको विशेष उपस्थिति रहेको थियो।
Leave a comment