सहकारी सम्वन्धी अध्यादेश जारी, यस्तो छ अध्यादेशमा

सहकारी सम्वन्धी अध्यादेश जारी, यस्तो छ अध्यादेशमा :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज एकमात्र अध्यादेश जारी गरेका छन् । सरकारले सिफारिस गरेका ६ मध्ये उनले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन् । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन् । अध्यादेशमा सहकारी सङ्घहरूलाई बचत तथा ऋणको कारोबार गर्न रोक लगाएको छ भने, बचत तथा ऋणको कारोबार गरिरहेका सहकारी सङ्घहरूले तीन वर्षभित्र उक्त कारोबार बन्द गर्नु पर्ने उल्लेख छ।

 




View PDF File in New Tab

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000