सहकारी सम्वन्धी अध्यादेश जारी

सहकारी सम्वन्धी अध्यादेश जारी :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज एकमात्र अध्यादेश जारी गरेका छन् । सरकारले सिफारिस गरेका ६ मध्ये उनले सहकारीसम्वन्धीअध्यादेश जारी गरेका हुन् । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन् ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000