हाइलाइट

६५ जिल्लाका सहकारीमा मिरा इआरपि

६५ जिल्लाका सहकारीमा मिरा इआरपि :: Sahakari Akhabar

काठमाडौं । सहकारीका लागि सम्पूर्ण डिजिटल सेवा प्रदान गर्न तयार गरिएको मिरा इआरपी ६५ जिल्लाका ४८७ सहकारी संघसंस्थाले प्रयोग गरेका छन् । कम्पनीले प्रकाशन गरेको ०८२ बैशाखको बिवरण अनुसार यस महिनामा १४ वटा नयाँ प्रयोगकर्ता सहकारी संघसंस्था थप भएसंगै ४८७ वटा सहकारी संघ संस्था पुगेको हो ।

त्यसैगरी कम्पनिले सातै प्रदेशका सहकारी संघ संस्थामा मिरा इआरपीको सेवा पुगेको जनाएको छ । कम्पनिको सेवा बागमती प्रदेशका १४५, कोशीका ७७, मधेशका ५१, गण्डकीका २७, लुम्विनिका ८४, कर्णालीका २२ र सुदुर पश्चिम प्रदेशका ८१ वटा सहकारी संघ संस्थाले मिरा इआरपीको सेवा लिइरहेको जनाइएको छ ।

सेवाको रुपमा सफ्टवेयर (Software As A Service, SaaS) प्रदान गर्दै आएको मिरा इआरपिले सदस्य सहकारी संघ संस्थाहरुलाई निशूल्क एसएमएस अलर्ट सेवा समेत प्रदान गरिरहेको छ ।

सहकारी संघ संस्थाहरुले सदस्यहरुको डिपोजिट, विथड्र, ऋण किस्ताको ताकेतालगायतका लागि उक्त सेवा निशूल्क प्रयोग गर्नसक्ने कम्पनिका प्रमुख प्रविधि अधिकृत मनोज तिवारीले जानकारी दिए ।

संस्थाले सदस्यहरुको जन्मदिन तथा संस्थाको साधारण सभाको जानकारीका साथै संस्थाका कार्यक्रमको निमन्त्रणालगायतका आवश्यक सवै किसिमका जानकारी सदस्यलाई दिन, सूचनाहरु एकमुष्ठ रुपमा पठाउन सकिने ब्यवस्था गरेको तिवारीले जनाए । सदस्यहरुलाई एसएमएस पठाउनको लागि आवश्यक न्यूनतम रकम रिचार्ज मात्रै गरेर एसएमएस पठाउन मिल्ने उनको भनाइ छ ।

उनले ओक्कु च्यालेन्ज २०२५ मा भने अनुसार मिरा इआरपि SaaS साझा प्लेटफर्म भएकोले सबै सहकारी संघ संस्थाहरुलाई समावेसी तरिकाले नयाँ फिचरहरु एकैचोटी उपलब्ध गराउन मिल्नेगरी Architecture design गरिएको बताए।

उनले भने, ‘ति फिचरहरु प्राय निशूल्क एवं संस्थाहरुकोे प्रयोगको आधारमा Cloud Computing को Principal मा आधरित रहेर Pay-as-you- नयाँ मोडेलमा न्यूनतम सेवा शूल्क मात्रै लिएर उपलब्ध गराइने छ ।’

बिगत दुई वर्षदेखि सेवा दिइरहेको कम्पनिको यस सेवाले सहकारीका सदस्यले आफ्नो संस्थासंग गरेको बचत तथा ऋणको कारोबारको जानकारी साथै अन्य डिजिटल भुक्तानि पनि मोबाइलबाटै लिनसक्ने छन ।

सहकारीहरुलाई डिजिटल सेवा बिस्तार गर्ने क्रममा मिरा ६५ जिल्ला पुगेको छ भने सातै प्रदेशका २३ वटा जिल्ला बचत संघहरुले समेत मिरा इआरपि प्रयोग गरिरहेको जनाइएको छ ।

नियोसिस टेक्नोलोजी प्रालिले सहकारीहरुको लागि निर्माण गरेको मिरा इआरपी नेफ्स्कून र लुम्बिनी प्रदेश बचत संघ सहितले प्रयोग गरेका छन् । सहकारीहरु बीच साझा डिजिटल प्लेटफर्म निर्माण गर्ने उद्देश्यका साथ तयार गरिएको मिरा इआरपी सफ्टवेयर न्यून शूल्कमा पूर्ण सेवा उपलब्ध भएकोले बजार बिस्तार गर्न सफल भएको कम्पनिका प्रमुख प्रविधि अधिकृत तिवारीको भनाइ छ ।

निःशूल्क सफ्टवेयर जडान, माइग्रेसन, सपोर्ट, तालिम, क्लाउड डाटा ब्याकअप, मोबाइल बैंकिंङ एप्लीकेसन, ई बैंकिंङ, एसएमएस बैंकिंङ, बजार प्रतिनिधिहरुले प्रयोग गर्ने एप्लीकेसन उपलब्ध गराई सहकारीहरुलाई प्रभावकारी सेवा प्रवाह गरिरहेको र हाल संस्थाले निशूल्क ट्रायको पनि ब्यवस्था गरेको उनले बताए ।

आइ एस ओ २७००१ः२०२२ प्रमाणित कम्पनीको उत्पादन मिरा इआरपी एकमात्र ‘सास’ प्लेटफर्म भएको कम्पनीले दावी छ। सहकारीकालागि उत्कृष्ट सफ्टवेयरको विकास गरेर बजारमा बिक्री भएको दुई वर्षमा उल्लेख्य प्रगति गरेको कम्पनीको भनाइ छ ।



Leave a comment