काठमाडौं । फिनएक्स सहकारी सफ्टवेयरले ‘क्लाइन्ट मिट’ कार्यक्रम गरेको छ । फिनएक्स सहकारी सफ्टवेयर प्रयोयकर्ताको राय सुझाव लिन तथा नयाँ सुविधाहरुबारे जानकारी दिन ‘क्लाइन्ट मिट’ कार्यक्रम सुरु गरेको हो । सफ्टवेयर निर्माता कम्पनी जिनव इंक प्रालिको आयोजनामा चितवनबाट ‘क्लाइन्ट मिट’ कार्यक्रम सुरु भएको जनाइएको छ । कार्यक्रममा जिल्लामा फिनेक्स सफ्टवेयर प्रयोगकर्ता सहकारी संस्थाका संचालक र उच्च व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।
‘फिनएक्स सहकारी सफ्टवेयर’ मा हाल २० वटा मोड्युलहरू उपलब्ध रहेको कम्पनिले जनाएको छ । ‘क्लाइन्ट मिट’ कार्यक्रमको उद्घाटन गर्दै कम्पनीकी प्रमुख कार्यकारी अधिकृत रमिता चौधरीले फिनएक्सले प्रदान गर्दैआएको सेवाका बारेमा जानकारी गराइन् ।
कार्यक्रममा प्रशिक्षक अतुल झा र किरण पौडेलले फिनएक्स सफ्टवेयरमा उपलब्ध लोन तथा डक्कुमेन्ट प्रोसेसिङ मोड्युल, लोन फलोअप मोड्युल, नो योर मेम्बर मोड्युल, कोपोमिस र गोएमएम रिपोटिङ मोड्युलबारे प्रशिक्षण गरेका थिए । कार्यक्रममा सहभागी सहकारीकर्मीहरुले राखेका सहकारीमा प्रविधिको प्रयोग सम्बन्धी जिज्ञासालाई अभिषेक लाभले सम्वोधन गरेका थिए ।
जिनव इंन्कले फिनएक्स सहकारी सफ्टवेयरलाई ‘एक सम्पूर्ण सहकारी प्रविधि इकोसिस्टम’ का रुपमा विकास गर्दै लगेको लाभले बताए । उनले सफ्टवेयर प्रयोगकर्तालाई अन्य तेस्रो पक्षको सेवा संचालन गर्नु नपर्ने गरी सहकारीका ऐन कानुन अनुसार सहकारी संस्थाको दैनिक कामका साथै नियामक निकायमा गर्ने रिपोटिङलाई सहज बनाउने उद्देश्यले सेवाहरु विकास गरिएको जानकारी दिए । संस्थाले चालु आर्थिक वर्षभित्र उर्लाबारी, ईटहरी, सुर्खेत, दाङ, बुटवललगायतका स्थानहरूमा पनि यस्तो कार्यक्रम गर्ने जानकारी दिइएको छ ।
Leave a comment