काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था १८औं वर्षमा प्रवेश गरेको छ । संस्थाको स्थापना दिवसको अवसरमा संस्थाकी अध्यक्ष शर्मिला अमात्यले सरोकारवालाहरुलाई धन्यबाद सहित सहकारीको भिडमा संस्थाको फरक पहिचान बनाउने प्रतिवद्धता ब्यक्त गरेकीछन् ।
संस्थामा आवद्ध सदस्यहरुको विश्वास, माया अनि भरोसाले आजको यस विषम परिस्थितिमा पनि हामी सवल वित्तीय अवस्था र गुणस्तरीय सेवा प्रदान गर्न सफल भएको अध्यक्ष अमात्यको भनाइ छ । सेयर सदस्यहरुको विश्वासका कारण सहकारीहरुको भीडमा नेचुरल सहकारीले बेग्लै पहिचान बनाउन सफल भएको उनको भनाइ छ ।
सदस्यता वृद्धि, बचत वृद्धि, निरन्तर सदस्य शिक्षा तथा विस्तारित मञ्चहरु सञ्चालन र सदस्यहरुका धेरै सफलताहरु निर्माण गर्दै अगाडि बढ्नुले संस्थाको सक्रियता र सदस्य केन्द्रीयतालाई पुष्टि गर्दछ । स्वनियमन एवं सुशासन युक्त, समुदायमा आधारित, सदस्य केन्द्रित मुलुककै उत्कृष्ट एवं अग्रणी सहकारीको रुपमा स्थापित गर्ने लक्ष्यलाई आत्मसाथ गर्दै वित्तीय कारोबारसँगै प्रविधिमैत्री सेवा तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु संस्थाले गर्दै आएको अध्यक्ष अमात्यको दावी छ ।
२०६४ साल बैशाख २४ गते स्थापना भएर कारोबार गरिरहेको संस्थाले संस्थाले रक्तदानजस्ता नियमितरुपमा सामाजिक कार्य गर्दैआएको संस्थाका सचिव विकल्प पाठकको भनाई छ । संस्थाले अहिलेसम्म ११ लाख ११ हजार ४९१ रुपैंयाँ संस्थाको सामाजिक कार्यकालागि खर्च गरिसकेको पनि उनले जानकारी दिए ।
संस्थाले सदस्यलाई स्वास्य उपचार सुविधा, सुरक्षित मातृत्व सेवा, मृत्यु संस्कार राहत, जन्म संस्कार राहतजस्ता कार्यक्रम नियमित रुपमा गरिरहेको जनाए । संस्थाले ४५५ जनालाई उक्त राहत तथा सेवा सुविधा प्रदान गरेको सचिव पाठकले बताए ।
संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार १४ हजार ७५ जना शेयर सदस्य तथा १ हजार २९९ जना ऋणी सदस्य रहेका छन् । त्यसैगरी शेयर पूँजी १६ करोड ४१ लाख ३५ हजार तथा जगेडा कोषमा १२ करोड २९ लाख ४७ हजार र अन्य कोषमा १३ करोड ६१ लाख १३ हजार रुपैंयाँ रहेको जनाइएको छ ।
त्यसैगरी संस्थामा १ अर्ब ९४ करोड ७ लाख २७ हजार बचत र १ अर्ब ९४ करोढ १० लाख ३७ हजार लगानीमा रहेको ऋण रहेको छ भने २ अर्ब ८५ करोड ८७ लाख ४३ हजारको कूल सम्पत्ति तथा १२ करोड ३८ लाख २३ हजार सस्थागत पूँजी रहेको जनाइएको छ । संस्थाका साँखु, नयाँ बजार, काँडाघारी र कालिमाटीमा सेवाकेन्द्र रहेकाछन् ।
Leave a comment